कर्णाली । गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षामा पहुँच सहज बनाउन मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच अक्षयकोष स्थापना गर्ने सम्झौता भएको छ । दुई करोड २२ लाख २२ हजार रुपैयाँको उक्त कोषबाट प्राप्त ब्याज रकम छात्रवृत्तिका रूपमा वितरण गरिनेछ । सम्झौतापत्रमा विश्वविद्यालयका उपकुलपति ध्रुवकुमार गौतम र नगरप्रमुख मोहनमाया ढकालले हस्ताक्षर गरेका छन् । यस कोषमार्फत वीरेन्द्रनगर क्षेत्रका विद्यार्थीलाई अध्ययनमा आर्थिक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।































प्रतिक्रिया