सक्सेस अब्रोड स्टडीद्वारा ‘जापान पाथवे एक्स्पो’ आयोजना, सतप्रतिशत छात्रवृत्तिको घोषणा

सक्सेस अब्रोड स्टडीद्वारा ‘जापान पाथवे एक्स्पो’ आयोजना, सतप्रतिशत छात्रवृत्तिको घोषणा

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । वैदेशिक अध्ययनका लागि प्रतिष्ठित परामर्शदाता संस्था सक्सेस अब्रोड स्टडीले जापान जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै ‘जापान पाथवे एक्स्पो’ आयोजना गरेको छ । संस्थाको कार्यालयमा आयोजित उक्त कार्यक्रममा जापानको शैक्षिक प्रणाली र अवसरहरूबारे बुझ्न ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

एक्स्पोको मुख्य आकर्षणको रूपमा सहभागी विद्यार्थीहरूका लागि सतप्रतिशत भाषा कक्षा छात्रवृत्ति घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै सक्सेस अब्रोड स्टडीका म्यानेजर डोल थापा मगरले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि यस्तो योजना ल्याइएको जानकारी दिए ।

“आजको यस विशेष कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूलाई हामीले भाषा कक्षामा पूर्ण छात्रवृत्तिको व्यवस्था गरेका छौँ,” मगरले भने, “यसका साथै उहाँहरूलाई आकर्षक गिफ्ट ह्याम्परहरू पनि प्रदान गरिएको छ।”

कार्यक्रममा जापानबाटै आएका विशेष जापानी काउन्सिलरहरू र संस्थाका दक्ष परामर्शदाताहरूले विद्यार्थीहरूलाई काउन्सिलिङ प्रदान गरेका थिए। विद्यार्थीहरूले जापानको भिसा प्रक्रिया, कलेज छनोट, र त्यहाँको जीवनशैलीका बारेमा जिज्ञासा राखेका थिए।

कार्यक्रममा विद्यार्थीहरूको अत्यधिक चाप र उत्साह देखिएकाले, सोही अवसरहरूलाई आगामी हप्ताको शुक्रबारसम्म उपलब्ध गराइने संस्थाले जनाएको छ। आज आउन असमर्थ भएका विद्यार्थीहरूले शुक्रबारभित्र भर्ना भएमा आजकै सरह सम्पूर्ण छात्रवृत्ति र सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

Logo