दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण सम्पन्न

दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण सम्पन्न

केन्द्रबिन्दु
3
Shares

तनहुँ। व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण सम्पन्न भएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेले बुधबार अस्पताल भवनको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख न्यौपानेले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आवश्यक जनशक्ति तथा उपकरणसहित सेवा विस्तारमा जोड दिँदै आएको बताए । उनले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यअनुसार अस्पताललाई थप व्यवस्थित बनाइने उल्लेख गरे ।

योजना शाखा प्रमुख डा. राजु पौडेलका अनुसार अस्पताल भवन रु ९६ लाख ३८ हजार लागतमा निर्माण सम्पन्न भएको हो भने उपकरणसहित कुल लागत करिब रु २ करोड ६६ लाख पुगेको छ ।

अस्पतालका प्रमुख मेडिकल अधिकृत डा। नविना न्यौपानेले नयाँ भवन सञ्चालनमा आएपछि स्थानीयवासीलाई सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता घट्ने विश्वास व्यक्त गरिन् । उनले सेवा विस्तारसँगै आपतकालीन तथा आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित हुने बताइन् ।

Logo