काठमाडौं। राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ ।
बैठकमा कृषि उत्पादनका लागि आवश्यक रासायनिक, जैविक तथा प्राङ्गारिक मल र बिउबिजनको आपूर्ति अवस्थाबारे छलफल हुने कार्यसूची रहेको छ । साथै किसानलाई प्रोत्साहन गर्न सरकारले ल्याउने कार्यक्रम र त्यसको तयारीबारे पनि समीक्षा गरिने जनाइएको छ ।
समितिले सम्बन्धित निकाय र सरोकारवालासँग आपूर्ति व्यवस्थापन, सहुलियत तथा किसान लक्षित कार्यक्रम प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गर्ने जनाएको छ । बैठकमा यसबाहेक अन्य समसामयिक विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ ।





























प्रतिक्रिया