काठमाडौं, २९, पुस
प्रतिबन्ध लगाएको १४ महिना पुग्दा समेत नेपालमा रहेका पाँच सय र हजार दरका भारतीय नोट साटिएको छैन । प्रतिबन्ध लगत्तै नेपाल सरकारले गरेको अनुरोधलाई भारतले चासो नदिएका कारण यस्ता नोट नेपालमा अलपत्र अवस्थामा रहेका हुन्। गैरकानुनी कारोबार निरुत्साहित गर्न भारतले ०७३ कात्तिक अन्तिम साता पाँच सय र हजारका भारु नोट कारोबारमा प्रतिबन्ध लगाएको थियो । नेपालमा भएका प्रतिबन्धित नोट साट्ने विषयमा हालसम्म टुंगो नलागेको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।
नेपालको बैंकिङ च्यानलमा अहिले सात करोड भारु छ । यी नोट साट्न राष्ट्र बैंक, नेपाल सरकार र परराष्ट्र मन्त्रालयबाट भारत सरकारका विभिन्न निकायमा पत्राचार भएको थियो । प्रतिबन्धित लागेको चार महिनापछि नोट साट्ने विषयमा कुरा गर्न भारतीय विशेषज्ञ टोली नेपाल आएको थियो। गर्भनर देखि बैंकर्स र निजी व्यवसायी समेतसँग भारतीय टोलीले भेटघाट गरे। भारतीय रिजर्भ बैंक (आरबीआई) ले गत चैत १८ सम्म नेपालमा भएको नोट पठाइसक्न निर्देशन दिएको थियो।
नेपालले प्रतिव्यक्ति २५ हजार नै भारु साट्नु पर्ने अडान लियो। भारतीय टोलीले चार हजार पाँच सय भन्दा बढी भारु साट्न नसक्ने अडान राख्यो । दुई देशका पदाधिकारी बीच सहमति जुट्न सकेन । भारतीय टोलीले राष्ट्र बैंकसँग ग्राहक पहिचान विषयलाई लिएर प्रश्न उठाउँदै थोरै मात्र भारु साट्न सकिने आश्वासन दिएको हो । तर अहिले सम्म भारु नसाटिदा त्यतिकै थन्किएको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया