कोहली–पडिक्कल चम्किँदा बेंगलुरुको शानदार जित

कोहली–पडिक्कल चम्किँदा बेंगलुरुको शानदार जित

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु ले गुजरात टाइटन्स लाई ५ विकेटले पराजित गर्दै आईपीएल २०२६ मा पाँचौं जित हात पारेको छ । शुक्रबार राति चिन्नास्वामी स्टेडियममा भएको खेलमा गुजरातले दिएको २०६ रनको लक्ष्य बेंगलुरुले ७ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको हो ।

बेंगलुरुको जितमा विराट कोहली ले ४४ बलमा ८१ रन बनाए भने देवदत्त पडिक्कल ले २७ बलमा ५५ रनको योगदान दिए । दुवैले दोस्रो विकेटका लागि ११७ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए । अन्त्यमा क्रुनाल पाण्ड्या ले अविजित २३ रन बनाएर जित सुनिश्चित गरे ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातका लागि साइ सुदर्शन ले शतक प्रहार गर्दै ५८ बलमा १०० रन बनाए । कप्तान शुभमन गिल ले ३२ रन जोडे ।

यस जितसँगै बेंगलुरुले ७ खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गुजरात भने ७ खेलबाट ६ अंकसहित सातौं स्थानमा रहेको छ ।

Logo