१०औँ भूकम्प स्मृति दिवसमा जोखिम न्यूनीकरणमा जोड

१०औँ भूकम्प स्मृति दिवसमा जोखिम न्यूनीकरणमा जोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पको स्मरणमा १०औँ भूकम्प स्मृति दिवस मनाइँदैछ । यस अवसरमा रामचन्द्र पौडेल ले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन आवश्यक रहेको बताएका छन् ।

सन्देश जारी गर्दै राष्ट्रपतिले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको देश भएकाले भूकम्पबाट बच्ने उपाय, पूर्वतयारी, प्रतिकार्य र जनचेतना अभिवृद्धिमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

उनले २०७२ सालको गोरखा भूकम्प र त्यसपछिका पराकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पलाई रोक्न नसकिए पनि सम्भावित क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गरेका छन् ।

राष्ट्रपतिले सुरक्षित निर्माण, भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग र सतर्कता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । साथै पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo