पर्वत। जिल्लामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। फलेवास नगरपालिका–५ खानीगाउँ निवासी ५५ वर्षीया सिता लामिछाने शुक्रबार साँझ करिब ६ बजे परेको चट्याङबाट गम्भीर घाइते भएकी थिइन्। घरभित्र खाना बनाउने क्रममा अचानक चट्याङ लाग्दा उनी बेहोस भएकी थिइन्। घाइते अवस्थामै उपचारका लागि प्रदेश अस्पताल पर्वत लगिएकी लामिछानेको शनिबार बिहान ५:४० बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वत ले जनाएको छ। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।




















