युरोपाटीलाई पोर्चुगलमा विशेष सम्मान

युरोपाटीलाई पोर्चुगलमा विशेष सम्मान

केन्द्रबिन्दु
12
Shares

पोर्चुगल । युरोपबाट निरन्तर नेपाली भाषा र नेपालीपनलाई जोड्ने कार्य गर्दै आएको अनलाइन पत्रिका ‘युरोपाटी डट कम’ लाई पोर्चुगलको राजधानी लिस्बनमा विशेष सम्मान गरिएको छ ।

हालै सम्पन्न ‘नयाँ वर्ष २०८३’ को अवसरमा आयोजित बृहत् साँस्कृतिक कार्यक्रमलाई सफल पार्न सञ्चार क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै युरोपाटीलाई यो सम्मान प्रदान गरिएको हो ।

डाफे इन्टरटेनमेन्टको आयोजनामा गत अप्रिल १९ तारिखका दिन चर्चित गायक अर्जुन सापकोटा र स्थानीय कलाकारहरूको उपस्थितिमा सम्पन्न भएको साँस्कृतिक कार्यक्रमको सूचना सम्प्रेषण र प्रवद्र्धनमा युरोपाटीले नेतृत्वदायी भूमिका खेलेको थियो । सोही निस्वार्थ सहयोगको कदर गर्दै हिजो लिस्बनस्थित ‘ब्लूमुन रेस्टुरेन्ट बार एण्ड ग्रिल’ मा आयोजित एक अनौपचारिक समारोहमा प्रशंसापत्र हस्तान्तरण गरिएको हो ।

तमु समाज पोर्चुगलका अध्यक्ष मिलन गुरुङ र स्वयम्भू रेस्टुरेन्टका सञ्चालक नेत्र गुरुङले संयुक्त रूपमा युरोपाटी डट कमलाई सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सम्मान ग्रहण गर्दै युरोपाटी डट कमका प्रधान सम्पादक तथा अध्यक्ष पुस्तक रेग्मीले भने, “हाम्रो प्रयास सधैं प्रवासमा रहेका नेपालीहरूलाई जोड्ने र यहाँ हुने राम्रा गतिविधिहरूलाई विश्वभरका नेपालीसम्म पुर्‍याउने हो । यो सम्मानले हामीलाई थप जिम्मेवार बनाएको छ ।”

उनले आयोजकलाई भव्य कार्यक्रमका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै नेपाली कला-संस्कृति झल्काउने कार्यक्रमहरू गर्न आग्रह गरे ।

उक्त अवसरमा युरोपाटीका साथै अन्य सञ्चार माध्यमहरू डिजिटल लिस्बन, ओला नमस्ते नेपाल र गण्डकी खबरलाई पनि सम्मान गरिएको थियो । कलाकारहरू सुमन खड्का, सरद एल जी र व्यवस्थापन तर्फका तिर्सना सेन्चुरी, जोन गुरुङ तथा आर्यन दियालीलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

डाफे इन्टरटेनमेन्टका सञ्चालक अनिल घिमिरेले सञ्चार माध्यम र कलाकारहरूको साथबिना प्रवासमा यस्ता कार्यक्रमहरू सफल हुन नसक्ने बताए । उनले आगामी दिनमा पनि सबैको सहकार्य रहने विश्वास व्यक्त गरे ।

Logo