२०८३ वैशाख १३ देखि १९ गतेसम्मको राशिफल ।
ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ। हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
यो हप्ता मेष राशिका लागि कसैमा आँखा चिम्लेर भरोसा नगर्नु राम्रो हुन्छ। आफ्नो काम अरूको भरमा छोड्दा नोक्सानी हुन सक्छ। हप्ताको सुरुमा कामको बोझ बढ्नेछ र कार्यक्षेत्रमा दबाब महसुस हुन सक्छ। प्रतिस्पर्धी वा विरोधीबाट सावधान रहनु आवश्यक छ। व्यापारिक लेनदेनमा विशेष ध्यान दिनुहोस्, नत्र आर्थिक घाटा हुन सक्छ।
यद्यपि, केही इच्छाहरू पूरा हुने संकेत छन्। काममा आफ्नो प्रभाव बढाउन सफल हुनुहुनेछ र तपाईंले बनाएको योजना सफल हुन सक्छ। नयाँ सम्पत्ति किन्ने सोच आउन सक्छ। धार्मिक कार्यतर्फ रुचि बढ्नेछ। परिवारका सदस्यलाई उपहार दिन सक्नुहुन्छ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ र रोगसँग लड्ने क्षमता बलियो हुनेछ। प्रेम सम्बन्धमा आफ्नो भावना व्यक्त गर्न सक्नुहुन्छ। विदेशसँग सम्बन्धित काम वा व्यवसायबाट लाभ हुने सम्भावना छ।
हप्ताको बीचतिर कानुनी कुरा वा विवादका कारण व्यस्तता बढ्न सक्छ। घर र कामबीच सन्तुलन मिलाउन गाह्रो हुन सक्छ।
हप्ताको अन्त्यतिर घरपरिवारका कारण तनाव बढ्न सक्छ र मन अशान्त हुन सक्छ। प्रेम सम्बन्धमा गलतफहमी आउन सक्छ, त्यसैले संवादमार्फत समाधान खोज्नु राम्रो हुन्छ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता हुन सक्छ। यो हप्ता सुरुमा अलि कठिन देखिन्छ, विशेषगरी आर्थिक वा फाइनान्ससँग सम्बन्धित काममा समस्या आउन सक्छ। विवाहको निर्णयमा हतार नगर्नुहोस्। आफ्नो विचार अरूमा थोपर्नु ठीक हुँदैन। शंका गर्ने बानीले झगडा बढाउन सक्छ। व्यापारमा ठूलो लगानी नगर्नुहोस्। आफ्नो भावनामा नियन्त्रण राख्नु आवश्यक छ।
उपाय- भगवान कृष्णलाई पंचामृतले अभिषेक गर्नु शुभ हुनेछ ।
वृष राशि
यो हप्ता वृष राशिका लागि सकारात्मक ऊर्जा र प्रगतिको संकेत लिएर आएको छ। हप्ताको सुरुदेखि नै तपाईंभित्र उत्साह र आत्मविश्वास रहनेछ, जसले अधुरा कामहरू पनि सफलतापूर्वक पूरा गर्न मद्दत गर्नेछ। योजना बनाउने र त्यसलाई सही दिशामा लैजाने काममा तपाईंको धैर्य र समझदारी महत्वपूर्ण हुनेछ।
करियरका हिसाबले यो समय राम्रो छ। तपाईंले आफ्नो काम लगन र ध्यानका साथ पूरा गर्नुहुनेछ, जसले वरिष्ठ र सहकर्मीलाई प्रभावित पार्नेछ। नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ, जसलाई राम्रोसँग निभाउन सक्नुहुनेछ। व्यापार गर्नेहरूका लागि समय लाभदायक छ, तर निर्णय गर्दा हतार नगरी सोचविचार गर्नु आवश्यक छ, नत्र पछि नोक्सानी हुन सक्छ।
आर्थिक अवस्था बलियो रहने संकेत छ। आम्दानीका नयाँ स्रोतहरू खुल्न सक्छन् र पुरानो लगानीबाट पनि फाइदा हुन सक्छ। तर खर्चमा नियन्त्रण राख्नु जरूरी छ, ताकि बचत सुरक्षित रहोस्। सोचविचार गरेर गरिएको लगानीले भविष्यमा राम्रो लाभ दिन सक्छ।
परिवारमा खुशीको वातावरण रहनेछ। तपाईंको प्रयासले घरमा सकारात्मकता बढ्नेछ र सम्बन्धहरू अझ मधुर बन्नेछन्। हप्ताको बीचतिर कुनै धार्मिक वा शुभ कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ, जसले मनलाई शान्ति दिनेछ। समाजमा तपाईंको मान–सम्मान बढ्नेछ र छवि बलियो बन्नेछ।
दाम्पत्य जीवन रमाइलो र प्रेमपूर्ण रहनेछ। स्वास्थ्यप्रति सचेत रहनेछौं भने राम्रो रहन्छ। व्यापारमा एकैचोटि धेरै काम वा अर्डर आउन सक्छ। सकारात्मक सोचका कारण समस्याहरूको समाधान सजिलै निकाल्न सक्नुहुनेछ। नयाँ जागिर वा व्यवसायतर्फ आकर्षण बढ्न सक्छ। पढाइ वा शिक्षण क्षेत्रमा रहेका व्यक्तिहरूले प्रगति पाउन सक्छन्। रोकिएका कामहरू पनि पूरा हुनेछन्।
तर हप्ताको सुरुवाततिर कार्यक्षेत्रमा अधिकारीबाट केही असन्तुष्टि वा गुनासो सुन्नु पर्न सक्छ। जीवनसाथीका लागि समय निकाल्नुहोस् र उनीहरूको स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्। खानपानमा लापरवाही नगर्नु राम्रो हुन्छ। केही साथीहरूको व्यवहारमा कपट देखिन सक्छ, त्यसैले सतर्क रहनुहोस्। प्रेम सम्बन्धमा पनि सावधानी अपनाउनु आवश्यक छ। विद्यार्थीहरूलाई पढाइमा केही अवरोध आउन सक्छ। यात्राका क्रममा असुविधा हुन सक्छ। घरबाट काम गर्नेहरूमा दबाब बढी हुन सक्छ र शरीरमा थकान महसुस हुन सक्छ।
उपाय- ओम नमः भगवते वासुदेवाय नमः दैनिक १०८ पटक जप गर्नुहाेस् ।
मिथुन राशि
यो हप्ता मिथुन राशिका लागि सोचविचार गरेर अघि बढ्ने समय हो। कुनै पनि ठूलो निर्णय हतारमा नगरी राम्रोसँग बुझेर लिनु फाइदाजनक हुनेछ। यदि कुनै विषयमा मनमा अन्योल छ भने केही समयका लागि त्यसलाई टार्नु राम्रो हुन्छ। सकारात्मक सोचले तपाईंलाई सही दिशामा अगाडि बढ्न मद्दत गर्नेछ।
कार्यस्थलमा यो हप्ता चुनौतीपूर्ण भए पनि अवसरले भरिएको रहनेछ। तपाईंको बुद्धिमत्ता, बोल्ने कला र समझदारीका कारण समस्याहरूको समाधान निकाल्न सफल हुनुहुनेछ। सहकर्मी र वरिष्ठहरू तपाईंको कामबाट प्रभावित हुनेछन्।
व्यापार गर्नेहरूले ठूलो निर्णय लिनुअघि अनुभवी व्यक्ति वा शुभचिन्तकको सल्लाह लिनु राम्रो हुन्छ। सही मार्गदर्शनले लाभ दिलाउन सक्छ। हप्ताको अन्त्यतिर व्यापारसँग सम्बन्धित यात्रा गर्नुपर्ने हुन सक्छ, जसले भविष्यमा नयाँ अवसरहरू खोल्नेछ।
आर्थिक अवस्था सामान्यतया स्थिर रहनेछ। आम्दानी र खर्चबीच सन्तुलन राख्नु आवश्यक छ। नयाँ लगानी गर्दा हतार नगर्नुहोस् र पूर्ण जानकारीपछि मात्र निर्णय लिनुहोस्। सानो बचतले भविष्यमा ठूलो सहयोग गर्न सक्छ। धनसँग सम्बन्धित केही समस्याहरू समाधान हुने संकेत छन्। साथीहरूले नयाँ व्यवसाय सुरु गर्न आर्थिक सहयोग गर्न सक्छन्। सरकारी जागिरमा रहेका व्यक्तिहरूले सम्मान वा पुरस्कार पाउन सक्छन्, जसले आत्मविश्वास बढाउनेछ।
जीवनसाथीसँग रमाइलो समय बित्नेछ र आफन्तहरूसँग सम्बन्ध मधुर रहनेछ। सामाजिक कार्यहरूमा पनि सहभागी हुन सक्नुहुनेछ। निर्णय गर्दा भावनाभन्दा दिमाग प्रयोग गर्नु राम्रो हुन्छ। करियरमा राम्रो सफलता पाउने सम्भावना छ र हप्ताको बीचतिर समय विशेष राम्रो रहनेछ।
तर घरमा केही असन्तोषको वातावरण हुन सक्छ। आफ्नो प्रगतिबाट पूर्ण सन्तुष्टि नहुने अवस्था पनि आउन सक्छ। अचानक समस्या आउन सक्छ, जसलाई धैर्यका साथ सामना गर्नुपर्छ। बच्चाहरूको पढाइमा ध्यान घट्न सक्छ। महिलाहरूले अत्यधिक भावुक नहुनु राम्रो हुन्छ। विशेषगरी बुधबार स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक छ, किनकि शारीरिक असन्तुलन वा कमजोरी महसुस हुन सक्छ। ऋण लेनदेनबाट टाढा रहनु राम्रो हुन्छ, नत्र पैसा फस्ने सम्भावना हुन्छ। बिहीबार नजिकका मानिसबाट ईर्ष्या वा कपटपूर्ण व्यवहार देखिन सक्छ।
उपाय- नियमित रूपमा हनुमान चालीसाको पाठ गर्नु शुभ हुनेछ।बेलुका घरमा दुई वटा ल्वाङ (लौंग) र कपूर बाल्नु शुभ मानिन्छ।
कर्कट राशि
यो हप्ता कर्कट राशिका लागि मिश्रित परिणाम दिने खालको रहनेछ । कहिले परिस्थितिहरू तपाईंको पक्षमा देखिनेछन् भने कहिले साना–साना कुराले मन विचलित हुन सक्छ। यस्तो अवस्थामा धैर्य राख्नु र सन्तुलित सोच राख्नु अत्यन्त आवश्यक हुन्छ। यस समयले तपाईंलाई संयम र समझदारीका साथ कठिन अवस्थालाई कसरी सम्हाल्ने भन्ने सिकाउनेछ।
तपाईंको बोल्ने शैली र व्यवहारले अरूलाई आकर्षित गर्नेछ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ। व्यापारमा नयाँ रणनीति अपनाउन सक्नुहुनेछ। आर्थिक तंगी क्रमशः कम हुँदै जाने संकेत छ। समाजमा सम्मान बढ्नेछ र बुद्धिजीवी वर्गमा तपाईंको पहिचान बन्नेछ। कृषि वा जमिनसँग सम्बन्धित कामबाट लाभ हुन सक्छ। स्थान परिवर्तनको योजना छ भने यो समय अनुकूल देखिन्छ। धेरै मानिसहरूले तपाईंसँग सल्लाह र मार्गदर्शन खोज्नेछन्। हप्ताको बीचतिर समय धेरै राम्रो रहनेछ र सन्तानको करियर सम्बन्धी चिन्ता पनि कम हुनेछ।
कार्यक्षेत्रमा केही चुनौतीहरू आउन सक्छन् । कामको दबाब र अचानक आएका जिम्मेवारीहरूले केही तनाव दिन सक्छन्, तर समयको सही व्यवस्थापन गरेमा अवस्था बिस्तारै नियन्त्रणमा आउनेछ। व्यापार गर्नेहरूले निर्णय गर्दा हतार नगर्नु राम्रो हुन्छ। जग्गा–जमिन वा सम्पत्तिसँग सम्बन्धित विषयमा विवाद हुन सक्छ, त्यसलाई अदालतसम्म लैजानुभन्दा आपसी समझदारीमा समाधान गर्नु फाइदाजनक हुनेछ।
आर्थिक अवस्था सामान्य रहनेछ, तर अनावश्यक खर्च नियन्त्रण गर्न आवश्यक छ। बजेट मिलाएर चल्न सकेमा आर्थिक स्थिति स्थिर रहन्छ। सम्पत्तिसम्बन्धी कागजातहरू राम्रोसँग पढेर मात्र निर्णय लिनुहोस्।
घरपरिवारमा केही असन्तोष वा तनाव हुन सक्छ। घरका बुढाबुढीको स्वास्थ्यप्रति चिन्ता बढ्न सक्छ। बच्चाहरूप्रति धेरै रिस नगर्नु राम्रो हुन्छ। पैसाको लेनदेन गर्दा बिल वा प्रमाण लिन नबिर्सनुहोस्। बढी खर्चका कारण बजेट बिग्रन सक्छ। थकान र तनाव कम गर्न योग र प्राणायाम गर्नु फाइदाजनक हुन्छ। अरूको काममा अनावश्यक हस्तक्षेप नगर्नुहोस्। बाबुको सल्लाह मान्नु राम्रो हुन्छ। अपरिचित मानिसमाथि धेरै विश्वास नगर्नुहोस् र डिजिटल माध्यम प्रयोग गर्दा सावधानी अपनाउनुहोस्।
उपाय- हरेक दिन “ॐ चन्द्राय नमः” मन्त्र जप गर्नुहोस्। भगवान शिवको शिवलिङ्गमा गङ्गाजलमा काँचो तिल र चामल मिसाएर नित्य अर्पण गर्नु शुभ हुनेछ ।
सिंह राशि
यो हप्ता सिंह राशिका लागि मिश्रित परिणाम दिने देखिन्छ । केही काम सजिलै बन्नेछन् भने केही काम अन्तिम समयमा अड्किन सक्छन्। यस्तो अवस्थामा धैर्य र लचकता राख्नु आवश्यक हुन्छ। परिस्थिति बदलिरहने भए पनि तपाईंको आत्मविश्वासले अगाडि बढ्न मद्दत गर्नेछ।
हप्ताको सुरुवात सकारात्मक रहने संकेत छ। कुनै महिला सहकर्मी वा वरिष्ठको सहयोगले लामो समयदेखि रोकिएका कामहरू पूरा हुन सक्छन्। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ पाइनेछ र उच्च अधिकारीहरू पनि तपाईंको कामबाट सन्तुष्ट देखिनेछन्। तर हप्ताको बीचतिर केही अवरोध आउन सक्छ। काम बन्दै गर्दा अड्किन सक्छ, जसले मनमा निराशा ल्याउन सक्छ। यस्तो अवस्थामा संयम कायम राख्नु जरुरी हुन्छ।
व्यापार गर्नेहरूका लागि यो हप्ता उतारचढावयुक्त रहनेछ। बजारमा अड्किएको पैसा निकाल्न थप प्रयास गर्नुपर्ने हुन सक्छ। व्यापार विस्तारको चिन्ता रहन सक्छ, तर हतारमा ठूलो निर्णय लिनु उचित हुँदैन।
आर्थिक अवस्था सामान्य रहनेछ । आम्दानी भइरहनेछ तर केही रकम अड्किन सक्छ, त्यसैले लेनदेनमा सावधानी अपनाउनुहोस्। खर्च नियन्त्रणमा राख्नु पनि आवश्यक छ ताकि बजेट सन्तुलित रहोस्।
नोकरी गर्ने व्यक्तिहरूको दबाब केही कम हुनेछ। आफन्तहरू घरमा आउन सक्छन्। बच्चाहरूलाई मार्गदर्शन गर्न समय निकाल्नु राम्रो हुन्छ। तपाईंको कुनै मनोकामना पूरा हुन सक्छ। ठूलो काम वा प्रोजेक्ट पूरा हुँदा राहत महसुस हुनेछ। पारिवारिक विवाद समाधान हुने संकेत छन्। आध्यात्मिक विषयतर्फ रुचि बढ्नेछ र आफन्तहरूसँग सहयोगी व्यवहार रहनेछ। कामहरू क्रमशः सहज रूपमा सम्पन्न हुनेछन् र सहकर्मी वा कर्मचारीप्रति विश्वास बढ्नेछ।
जीवनसाथीको स्वास्थ्यमा केही उतारचढाव हुन सक्छ। भविष्यको चिन्ताले बढी तनाव नलिनु राम्रो हुन्छ। अरूको विवादमा तानिने सम्भावना छ, त्यसैले त्यस्ता कुराबाट टाढा रहनु राम्रो हुन्छ। अरूको विचारलाई सम्मान गर्नुहोस्। घरमा सानो कुरालाई ठूलो नबनाउनुहोस्, यसले तनाव घटाउँछ। यात्रा गर्दा सुरक्षा अपनाउनुहोस्। स्वास्थ्यका कारण औषधिमा खर्च हुन सक्छ।
उपाय- यो साता बिहान–बेलुका हनुमान चालिसा पाठ गर्नु शुभ रहने छ ।
कन्या राशि
यो हप्ता कन्या राशिका लागि करियर र व्यवसायमा ठूलो सफलता ल्याउने सम्भावना छ। यसले तपाईंको आत्मविश्वास बढाउनेछ र भाग्यको साथ पनि राम्रो रहनेछ। कार्यस्थलमा वरिष्ठ अधिकारीहरूको सहयोग पाइनेछ। पदोन्नति र आम्दानी वृद्धि हुने योग देखिन्छ। विदेशमा पढ्न वा विदेशसँग सम्बन्धित काम गर्न चाहनेहरूका लागि राम्रो समाचार आउन सक्छ।
नोकरी गर्ने व्यक्तिहरूलाई अतिरिक्त आम्दानीका स्रोतहरू प्राप्त हुन सक्छन्। परिवारमा कुनै धार्मिक कार्यक्रम आयोजना हुन सक्छ। सम्पत्तिसँग सम्बन्धित फाइदा मिल्ने सम्भावना छ। हप्ताको अन्त्यतिर बच्चाहरूबाट खुसीको खबर आउन सक्छ, जसले घरमा आनन्दको वातावरण बनाउनेछ। दाम्पत्य जीवन सुखद रहनेछ।
प्रेम सम्बन्धमा नजिकपन र विश्वास बढ्नेछ। जीवनसाथीको स्वास्थ्यप्रति भने अलि चिन्ता हुन सक्छ। कार्यक्षेत्रमा उच्च पद प्राप्त हुने सम्भावना छ। निजी क्षेत्रमा काम गर्नेहरूको आय बढ्न सक्छ। नयाँ सम्बन्धहरू जोडिन सक्छन् र दाजुभाइ–दिदीबहिनीसँग सम्बन्ध राम्रो रहनेछ। निजी जीवनमा सुविधा र विलासको अनुभव गर्न सक्नुहुनेछ। इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स क्षेत्रमा काम गर्नेहरूलाई अचानक धेरै काम आउन सक्छ। नयाँ सीप वा प्रविधि सिक्ने सोच पनि बन्न सक्छ।
तर अघिल्लो हप्ताको तुलनामा केही कामहरूमा ढिलाइ हुन सक्छ। व्यवसायमा अपेक्षित लाभ नआउन सक्छ। आफ्नो बुद्धि र क्षमताले परिस्थिति सम्हाल्न सक्नुहुनेछ, तर मनमा केही अन्योल वा प्राथमिकतामा द्विविधा रहन सक्छ। मौसम परिवर्तनका कारण स्वास्थ्यमा सर्दी–ज्वरोजस्ता समस्या आउन सक्छ। महत्त्वपूर्ण काम ढिला हुँदा झर्को लाग्न सक्छ, त्यसैले धैर्य राख्नु आवश्यक छ। झुटो बोल्ने वा अनावश्यक बहसबाट टाढा रहनु राम्रो हुन्छ। नशालु बानीबाट टाढा रहनु अत्यन्त आवश्यक छ।
उपाय- दैनिक रूपमा सूर्यदेवलाई अर्घ्य दिनु शुभ हुनेछ । कुनै आवश्यकता भएका व्यक्तिलाई खाना र लत्ताकपडा दान गर्नु शुभ मानिन्छ।
तुला राशि
यो हप्ता तुला राशिका लागि सावधानी र आत्मनियन्त्रणको सन्देश लिएर आएको छ। हरेक कदम सोचविचार गरेर चाल्नु आवश्यक छ, किनकि सानो लापरवाहीले पनि ठूलो समस्या निम्त्याउन सक्छ। शान्त मन र सन्तुलित व्यवहारले मात्र तपाईंलाई सही दिशामा अघि बढ्न मद्दत गर्नेछ।
कार्यस्थलमा विशेष सतर्कता आवश्यक छ। सानो गल्तीले पनि वरिष्ठ अधिकारीहरूको असन्तुष्टि भोग्नुपर्न सक्छ, त्यसैले आफ्नो काममा पूरा ध्यान दिनुहोस् र अनावश्यक कुरा वा विवादबाट टाढा रहनु राम्रो हुन्छ। केही लुकेका विरोधी सक्रिय हुन सक्छन्, त्यसैले आफ्ना योजना गोप्य राख्नुहोस् र कसैमा पनि अत्यधिक भरोसा नगर्नुहोस्। व्यापार गर्नेहरूले जोखिमपूर्ण लगानीबाट टाढा रहनु राम्रो हुन्छ। कुनै ठूलो निर्णय लिनुअघि राम्रोसँग जाँचबुझ गर्नु आवश्यक छ।
आर्थिक अवस्थामा सावधानी अपनाउनु अत्यन्त आवश्यक छ। अनावश्यक खर्च नगर्नुहोस् र बजेट सन्तुलित राख्नुहोस्। लगानी गर्दा हतार नगर्नुहोस्, नत्र नोक्सानी हुन सक्छ। धैर्य र समझदारीका साथ आर्थिक निर्णय लिनु फाइदाजनक हुनेछ।
यदि कुनै कानुनी मामला चलिरहेको छ भने यो हप्ता बढी दौडधूप हुन सक्छ। समय र ऊर्जा खर्च हुन सक्छ, त्यसैले धैर्य राख्नुहोस् र भावनामा बहिएर निर्णय नगर्नुहोस्।
हप्ताको सुरुवात भने राम्रो रहनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। रियल स्टेट वा सम्पत्तिसम्बन्धी काममा नयाँ अवसर आउन सक्छ। तपाईंका प्रयासहरू सफल हुनेछन्। परिवारसँग राम्रो समय बिताउने मौका मिल्नेछ र स्वादिष्ट भोजनको आनन्द लिन सक्नुहुनेछ। पुराना अनुभवहरूले तपाईंलाई सही मार्ग देखाउनेछन्। आर्थिक रूपमा पनि यो हप्ता राम्रो रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ र बिग्रिएका सम्बन्ध सुधार्ने अवसर मिल्नेछ।
यस हप्तामा कसैलाई ऋण नदिनु राम्रो हुन्छ। बैंकिङ क्षेत्रमा काम गर्नेहरूलाई लाभसँगै मानसिक दबाब पनि हुन सक्छ। आफूमाथि अनावश्यक बोझ नराख्नुहोस्। जीवनसाथीको भावनालाई सम्मान गर्नुहोस्। धार्मिक विषयमा अनावश्यक टिप्पणी नगर्नु राम्रो हुन्छ। सकारात्मक सोचका साथ अघि बढ्नुहोस्। बाहिरी मानिसहरूको सल्लाहमा धेरै निर्भर नहुनुहोस्। प्रेम सम्बन्धमा मर्यादा कायम राख्नु आवश्यक छ। स्वास्थ्यतर्फ ध्यान दिनुहोस्, किनकि औषधिमा खर्च बढ्न सक्छ।
उपाय: दैनिक रूपमा भगवान शिवको शिवलिङ्गमा पंचामृतले अभिषेक गर्नु शुभ हुनेछ।
वृश्चिक राशि
यो हप्ता वृश्चिक राशिका लागि आत्मनियन्त्रण र सतर्कताको परीक्षा जस्तै रहनेछ। तपाईंको स्वभावमा केही तीव्रता आउन सक्छ र छिटो प्रतिक्रिया दिने बानी बढ्न सक्छ, जसले सम्बन्ध र काम दुवैमा असर पार्न सक्छ। त्यसैले आफ्नो व्यवहार र निर्णयमा नियन्त्रण राख्नु अत्यन्त आवश्यक छ। संयम र समझदारीका साथ चालिएको कदमले सम्भावित समस्याबाट बचाउनेछ।
करियरका हिसाबले यो हप्ता केही चुनौतीपूर्ण रहन सक्छ। कार्यक्षेत्रमा साना–साना कुरामा तनाव बढ्न सक्छ र सहकर्मीसँग मतभेद हुन सक्छ। त्यसैले आफ्नो काममा ध्यान दिनुहोस् र अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुन्छ। व्यापार गर्नेहरूका लागि समय धेरै अनुकूल छैन। लगानी वा विस्तारसम्बन्धी ठूला निर्णय केही समयका लागि टार्नु राम्रो हुन्छ। बजारको अवस्था राम्रोसँग बुझेर मात्र अगाडि बढ्नुहोस्, नत्र नोक्सानी हुन सक्छ।
आर्थिक मामिलामा सावधानी आवश्यक छ। अनावश्यक खर्चबाट बच्नुहोस् र जोखिमपूर्ण लगानी नगर्नुहोस्। पैसासम्बन्धी निर्णय गर्दा धैर्य र सोचविचार अत्यन्त आवश्यक हुनेछ, जसले आर्थिक स्थिरता कायम राख्न मद्दत गर्नेछ।
यद्यपि, कार्यक्षेत्रमा उन्नतिको सम्भावना पनि देखिन्छ। घरमा मर्मतसम्बन्धी काम हुन सक्छ। बाबुको सल्लाह मान्नु तपाईंका लागि फाइदाजनक हुनेछ। जीवनसाथीसँग सम्बन्ध मधुर रहनेछ। व्यवस्थापन पढिरहेका विद्यार्थीहरूलाई राम्रो जागिरको अवसर मिल्न सक्छ। आफ्नो कार्यक्षमता बढाउने प्रयास गर्नुहोस्, आत्मबल बलियो रहनेछ।
तर आलस्यका कारण महत्त्वपूर्ण काम छुट्न सक्छ, जसले पछि नोक्सानी पुर्याउन सक्छ।
विद्यार्थीहरू पढाइप्रति लापरवाह हुन सक्छन्। शरीरमा मांसपेशी दुख्ने समस्या आउन सक्छ। ज्येष्ठ महिलाप्रति सम्मानजनक व्यवहार राख्नु राम्रो हुन्छ। प्रेम सम्बन्धमा संवेदनशीलता बढ्नेछ। विशेषगरी शुक्रबार व्यापारमा आर्थिक नोक्सानी हुन सक्ने संकेत छ, त्यसैले त्यो दिन अझ बढी सावधानी अपनाउनुहोस्।
उपाय- हरेक दिन “ॐ नमो भगवते वासुदेवाय” मन्त्र १०८ पटक जप गर्नुहोस्।
धनु राशि
यो हप्ता धनु राशिका लागि व्यस्तता सँगै प्रगतिको अवसर लिएर आउनेछ । सुरुवातमा कामको दबाब बढी रहनेछ, तर सही योजना र सकारात्मक सोचका साथ सबै जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। यस समयले व्यस्त जीवनमा पनि सन्तुलन कसरी मिलाउने भन्ने सिकाउनेछ।
हप्ताको सुरुमा कार्यक्षेत्रमा काम र जिम्मेवारी बढ्नेछ। कामलाई योजनाबद्ध तरिकाले गर्न सक्नुभयो भने दबाब सजिलै सम्हाल्न सक्नुहुनेछ। राम्रो कुरा के छ भने साथीभाइ र सहकर्मीहरूको साथ र सहयोग पाइनेछ, जसले काम सजिलो बनाउनेछ।
व्यापार गर्नेहरूका लागि यो हप्ता लाभदायक देखिन्छ। विशेषगरी विदेशसँग सम्बन्धित व्यापार गर्नेहरूलाई अप्रत्याशित लाभ हुन सक्छ। व्यवसायमा राम्रो प्रगति देखिनेछ र आत्मविश्वास बढ्नेछ। आर्थिक अवस्था हप्ताको सुरुवातमा सन्तुलित रहनेछ, तर अन्त्यतिर खर्च बढ्न सक्छ। विलासिताका वस्तुमा खर्च गर्ने सम्भावना छ, जसले बजेट बिग्रन सक्छ। त्यसैले खर्चमा नियन्त्रण राख्नु आवश्यक छ।
यस हप्तामा आम्दानीका नयाँ स्रोतहरू पनि खुल्न सक्छन्। दाम्पत्य सम्बन्धमा सुधार आउनेछ। आफ्नो क्षमता र शक्ति चिन्ने अवसर प्राप्त हुनेछ। चुनौतीपूर्ण काममा रुचि बढ्नेछ। टाढाको यात्रा हुन सक्छ। वैवाहिक जीवनमा खुशी मिल्नेछ। पैतृक सम्पत्तिबाट लाभ हुने सम्भावना छ। साथीहरूसँग मिलेर नयाँ व्यापारको योजना बनाउन सक्नुहुनेछ। आफ्नो कामबाट सन्तुष्टि मिल्नेछ। जीवनसाथीसँग खुलेर कुरा गर्नु राम्रो हुन्छ, यसले मनको अन्योल हटाउनेछ।
तर आफ्नो प्रतिष्ठाको चिन्ता बढ्न सक्छ। पेटसम्बन्धी समस्या, विशेषगरी एसिडिटी वा टाउको दुख्ने समस्या हुन सक्छ। अरूको झगडामा नपर्नु राम्रो हुन्छ। धेरै अवसर भए पनि प्राथमिकता छुट्याउन गाह्रो हुन सक्छ। बच्चाहरूको पढाइमा ध्यान दिनु आवश्यक छ। आमाको स्वास्थ्यप्रति चिन्ता हुन सक्छ।
समाधान: ॐ नमो शिवाय मन्त्र दैनिक १०८ पटक जप गर्नु शुभ हुनेछ।
मकर राशि
यो हप्ता मकर राशिका लागि मिश्रित परिणाम ल्याउने देखिन्छ। कहिले परिस्थितिहरू तपाईंको पक्षमा रहनेछन् भने कहिले धैर्यको परीक्षा लिनुपर्ने अवस्था आउन सक्छ। यस्तो समयमा सन्तुलित दृष्टिकोण राख्नु र हरेक परिस्थितिलाई समझदारीका साथ सम्हाल्नु आवश्यक हुन्छ। साना–साना कुरामा तनाव लिनु भन्दा शान्त भएर समाधान खोज्नु राम्रो हुनेछ।
करियरका हिसाबले यो हप्ता सामान्यभन्दा केही चुनौतीपूर्ण रहन सक्छ। काम पूरा गर्न अपेक्षा भन्दा बढी समय लाग्न सक्छ, जसले मनमा निराशा ल्याउन सक्छ। व्यापार गर्नेहरूले उतारचढावको सामना गर्नुपर्ने हुन सक्छ। कुनै पनि ठूलो लगानी वा विस्तारसँग सम्बन्धित निर्णय अहिलेका लागि टार्नु राम्रो हुन्छ। धैर्य राखेर काम गर्नुभयो भने मात्र परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सक्नुहुनेछ।
हप्ताको बीचतिर स्वभाव केही चिडचिडे हुन सक्छ, जसले परिवारमा तनाव सिर्जना गर्न सक्छ। आफ्नो कुरा मात्र सही ठान्नुको सट्टा अरूको कुरा पनि ध्यानपूर्वक सुन्नु आवश्यक छ। संवाद र समझदारी अपनाउनुभयो भने सम्बन्धमा आएको खटपट हटाउन सकिन्छ, नत्र सानो कुरा पनि ठूलो विवाद बन्न सक्छ।
हप्ताको अन्त्यतिर कुनै काम ढिलो पूरा हुँदा मन अलि खिन्न हुन सक्छ। यस्तो अवस्थामा नकारात्मक सोचबाट टाढा रहनु आवश्यक छ। धैर्य र सकारात्मक सोचका साथ यो अवस्था पार गर्न सकिन्छ र आउने समय अझ राम्रो बन्न सक्छ।
सकारात्मक पक्ष हेर्दा, पूरा हप्ता केही शुभ परिणाम पनि मिल्ने संकेत छन्। विवाह योग्य व्यक्तिहरूका लागि विवाहको योग बन्न सक्छ। परिवारका सदस्यहरूसँग राम्रो व्यवहार गर्नु लाभदायक हुनेछ। साथीहरूसँग मिलेर व्यापारिक सम्झौता हुन सक्छ। धार्मिक र मांगलिक कार्यमा रुचि बढ्नेछ। आफ्नो रुचिअनुसार काम गर्दा सफलता मिल्ने सम्भावना छ। जीवनस्तर सुधार्ने प्रयास हुनेछ। व्यवसायमा गति आउने संकेत छ। जग्गा वा नयाँ घर किन्ने सोच बन्न सक्छ। बडाबुजुर्गको आशीर्वाद मिल्नेछ। हप्ताको अन्त्यमा परिवारसँग घुम्ने योजना पनि बन्न सक्छ।
तर कार्यक्षेत्रमा राजनीति वा षड्यन्त्रको सामना गर्नुपर्न सक्छ। परिवार, विशेषगरी बच्चाहरूलाई लिएर चिन्ता हुन सक्छ। आफ्नो क्षमतामाथि शंका नगर्नुहोस्। शत्रुले गलत कुरा फैलाउन सक्छन्, त्यसैले सावधान रहनुहोस्। घरमा आफ्नो महत्व घटेजस्तो महसुस हुन सक्छ। पढाइप्रति रुचि कम हुन सक्छ। पुरानो रोग फेरि देखा पर्न सक्छ र शरीरमा दुखाइ वा ऐंठनको समस्या हुन सक्छ। देखावटी खर्चबाट टाढा रहनु राम्रो हुनेछ।
उपाय: दैनिक रूपमा ‘गजेन्द्र मोक्ष’को पाठ गर्नु शुभ हुनेछ।
कुम्भ राशि
यो हप्ता कुम्भ राशिका लागि धैर्य, संयम र सोचविचार गरेर निर्णय लिने सन्देश लिएर आएको छ । हतारमा लिइएको कुनै पनि निर्णयले समस्या ल्याउन सक्छ, त्यसैले भावनामा बहिएर वा अरूको कुरा सुनेर ठूलो निर्णय लिनु हुँदैन। परिस्थिति चुनौतीपूर्ण भए पनि सही रणनीतिले तपाईंले यसलाई सम्हाल्न सक्नुहुन्छ।
हप्ताको सुरुवात कार्यक्षेत्रमा केही अवरोधसँग हुन सक्छ। काममा ढिलाइ वा रोकावट आउन सक्छ, जसले तनाव बढाउन सक्छ। यस्तो अवस्थामा धैर्य राख्दै लगातार काममा ध्यान दिनु आवश्यक हुन्छ। यस हप्ता नजिकका साथीहरूले पनि चाहेर सहयोग गर्न नसक्ने अवस्था हुन सक्छ, त्यसैले आत्मनिर्भर बन्नु राम्रो हुन्छ। लक्ष्य प्राप्तिका लागि थप मेहनत गर्नुपर्ने देखिन्छ। व्यापार गर्नेहरूका लागि समय केही चुनौतीपूर्ण रहन सक्छ, त्यसैले ठूलो निर्णय सोचविचार गरेर मात्र लिनु राम्रो हुन्छ।
आर्थिक रूपमा यो हप्ता सन्तुलन कायम राख्नु आवश्यक छ। अनावश्यक खर्च नगर्नुहोस् र कुनै पनि लगानीमा हतार नगर्नुहोस्। सही समयको प्रतीक्षा गर्नु तपाईंका लागि फाइदाजनक हुनेछ।
तर सकारात्मक पक्ष पनि छ। हप्ताको सुरुवात खुशीदायक रहनेछ। कार्यक्षेत्रका चिन्ताहरू हट्नेछन्। पुराना ऋण तिर्ने प्रयास सफल हुन सक्छ। समाजमा मान–सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा रहेका व्यक्तिहरूलाई उच्च पद प्राप्त हुने योग छ। प्रतिस्पर्धा परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूलाई सफलता मिल्न सक्छ। पुराना साथीहरूसँग भेट हुने सम्भावना छ। व्यापारिक यात्राबाट राम्रो लाभ मिल्न सक्छ। भाग्यको साथ पनि राम्रो रहनेछ र करियरमा उन्नति हुने अवसर आउन सक्छ।
तर नयाँ व्यापारबाट अपेक्षित लाभ कम हुन सक्छ। जीवनशैलीबारे सोच्नुपर्ने समय छ। अरूले तपाईंबारे गलत धारणा बनाउन सक्छन्, त्यसैले सतर्क रहनुहोस्। दाम्पत्य जीवनमा गलतफहमी हुन सक्छ। हप्ताको बीचतिर अनावश्यक झन्झट र मानसिक तनाव आउन सक्छ। शरीरमा थकान र घबराहट महसुस हुन सक्छ। विवादित विषयबाट टाढा रहनु राम्रो हुन्छ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस्। स्वास्थ्य सामान्य रहे पनि मानसिक तनाव र चिन्ताले असर गर्न सक्छ, त्यसैले योग, ध्यान र पर्याप्त आराम आवश्यक हुनेछ।
उपाय- शनिदेवको आशीर्वादका लागि दैनिक “ॐ शं शनैश्चराय नमः” जाप गर्नु लाभदायक हुनेछ र दैनिक हनुमान चालिसा पाठ गर्नुहाेस् ।
मीन राशि
यो हप्ता मीन राशिका लागि अत्यन्त अनुकूल र लाभदायक रहने देखिन्छ। सुरुवातदेखि नै जीवनमा सकारात्मक परिवर्तनहरू देखिनेछन्। आत्मविश्वास बढ्नेछ र तपाईं आफ्ना लक्ष्यहरू प्राप्त गर्न पूर्ण ऊर्जा र जोशका साथ अघि बढ्नुहुनेछ। यो समय अवसरहरू चिन्न र तिनलाई सही रूपमा प्रयोग गर्ने समय हो।
करियरका दृष्टिले यो हप्ता उत्कृष्ट परिणाम दिनेछ। कुनै विशेष काममा ठूलो सफलता मिल्न सक्छ, जसले तपाईंको प्रतिष्ठा र आत्मविश्वास दुवै बढाउनेछ। व्यापार गर्नेहरूलाई राम्रो प्रगति हुने संकेत छ। नयाँ परियोजना वा योजनामा काम गर्न यो समय धेरै अनुकूल छ। नोकरी गर्ने व्यक्तिहरूलाई अतिरिक्त आम्दानीका स्रोतहरू मिल्न सक्छन्, जसले आर्थिक स्थिति अझ बलियो बनाउनेछ।
आर्थिक रूपमा यो हप्ता निकै लाभदायक रहनेछ । पहिले गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्ने संकेत छ। धन लाभका नयाँ अवसरहरू पनि आउन सक्छन्। तर हप्ताको अन्त्यतिर आलस्यबाट बच्नु आवश्यक छ, नत्र केही राम्रो अवसरहरू हातबाट गुम्न सक्छन्।
हप्ताको सुरुवातमा सन्तान पक्षबाट राम्रो खबर आउन सक्छ, जसले घरमा खुशी र उत्साहको वातावरण बनाउनेछ। परिवार र साथीहरूको पूर्ण सहयोग मिल्नेछ, जसले आत्मविश्वास बढाउनेछ। हप्ताको अन्त्यतिर परिवारसँग तीर्थयात्रा वा धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ, जसले मनमा शान्ति र सकारात्मक ऊर्जा दिनेछ।
पूरा हप्ता समग्रमा धेरै राम्रो रहनेछ । हप्ताको सुरुमा कुनै तीर्थस्थलको यात्रा हुन सक्छ। कम प्रयासमै पनि राम्रो परिणाम प्राप्त हुनेछन्। भविष्यका लागि योजना बनाउन यो समय उपयुक्त छ। सम्बन्ध विच्छेद भइसकेका व्यक्तिहरूका लागि विवाहको सम्भावना बन्न सक्छ। लाभदायक सम्झौता हुने योग छ। पुराना समस्याहरू समाधान हुनेछन् र मनमा खुशी आउनेछ। विद्यार्थीहरूले पढाइमा राम्रो ध्यान दिनेछन्। घरेलु जिम्मेवारीहरू बढ्न सक्छन्, तर त्यसलाई राम्रोसँग व्यवस्थापन गर्न सकिनेछ। बुद्धिमान व्यक्तिहरूको बीचमा तपाईंको सम्मान बढ्नेछ।
तर कार्यक्षेत्रमा केही उपकरणहरू बिग्रिन सक्छन्, त्यसैले सवारी साधन वा मेसिनरीको सर्भिसिङ गर्नु राम्रो हुनेछ। देखावटी व्यवहारबाट टाढा रहनु आवश्यक छ। मनमा शंका भएमा काममा असर पर्न सक्छ। शेयर बजारमा लगानी गर्नेहरूले सावधानी अपनाउनु राम्रो हुन्छ। कब्ज र ग्यासजस्ता पेटसम्बन्धी समस्या हुन सक्छ। अधिकारीहरूसँग व्यवहार गर्दा सम्मानजनक रहनुहोस्। अरूका गलत कुराको समर्थन नगर्नुहोस्। तपाईंका राम्रा कामहरूको पनि केही मानिसहरूले आलोचना गर्न सक्छन्, त्यसैले धैर्य राख्नु आवश्यक छ।
उपाय- मंगलबार र शनिबार हनुमान जीको पूजा गर्नुहोस् र हनुमान चालिसा नियमित पाठ गर्नुहाेस् ।





























प्रतिक्रिया