राष्ट्र बैंककाे वार्षिकोत्सवमा निजी मिडियालाई किन लगाइयो राेक ?

राष्ट्र बैंककाे वार्षिकोत्सवमा निजी मिडियालाई किन लगाइयो राेक ?

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । मुलुकको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले सोमबार आफ्नो ७१औं वार्षिकोत्सव मनाइरहँदा निजी क्षेत्रका सञ्चारमाध्यमलाई भने प्रवेशमा पूर्ण रोक लगाएको छ । बालुवाटारस्थित बैंकको प्रांगणमा आयोजित विशेष समारोहमा सरकारी सञ्चारमाध्यमलाई मात्र निमन्त्रणा दिइएको थियो भने समाचार संकलनका लागि पुगेका निजी क्षेत्रका छापा, टेलिभिजन, अनलाइन र एफएमका पत्रकारहरूलाई गेटबाटै फर्काइएको हाे ।

राष्ट्र बैंकको इतिहासमा वार्षिकोत्सवको अवसरमा निजी मिडियालाई यसरी निषेध गरिएको यो पहिलो पटक हो। विगतका वर्षहरूमा बैंकले भव्य कार्यक्रम आयोजना गरी सरकारी र निजी दुवै क्षेत्रका सञ्चारकर्मीहरूलाई आमन्त्रण गर्ने परम्परा थियो। उक्त अवसरमा गभर्नरले बैंकको वर्षभरिको कार्यसम्पादन, मुलुकको वर्तमान वित्तीय अवस्था, मौद्रिक नीतिको कार्यान्वयनको समीक्षा र आगामी आर्थिक चुनौतीका विषयमा विस्तृत जानकारी सार्वजनिक गर्ने गर्दथे।

यस वर्ष भने राष्ट्र बैंकले सूचना प्रवाहमा विभेदकारी नीति अपनाउँदै केवल सरकारी मिडियालाई मात्र भित्र छिर्न दिएपछि पत्रकारिता क्षेत्रमा तीव्र आक्रोश पैदा भएको छ। सार्वजनिक जवाफदेहिता बोकेको केन्द्रीय बैंकले आफ्ना कमजोरी लुकाउन र गम्भीर प्रश्नहरूबाट बच्न यस्तो कदम चालेको आरोप लागेको छ।

Skip This
Skip This
Logo