काठमाडौं,२७, पुस
सरकारले धोबिखोला करिडोर सुधार आयोजनाका लागि हाल सम्म दुई अर्ब १७ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ। "/>

धोबिखोला करिडोरमा हाल सम्म दुई अर्ब वढी खर्च !

धोबिखोला करिडोरमा हाल सम्म दुई अर्ब वढी खर्च !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२७, पुस
सरकारले धोबिखोला करिडोर सुधार आयोजनाका लागि हाल सम्म दुई अर्ब १७ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ। काठमाडौंको सवारी आवागमन सहज बनाउने उद्देश्यले धोबिखोला करिडोर निर्माण सुरु गरिएको हो। सरकारले आर्थिक वर्ष २०६७,६८ बाट बागमती दोभान देखि कपन राम मन्दिर सम्मको २४ किमि दूरीलाई धोबिखोला करिडोरका नाममा सुधार सुरु गरेको हो।

सहरी विकास मन्त्रालय अन्तर्गतको यो आयोजनाले काठमाडौंको सवारी चापलाई ४० प्रतिशत कम गर्न सक्ने अनुमानका आधारमा आयोजनामा बर्सेनि रकम खर्चँदै आएको धोबिखोला करिडोर सुधार आयोजनाका इन्जिनियर सज्जन कुमार कुँवरले जानकारी दिए । यो आयोजना वातावरणीय सुधार, खोला सफार्इ, सडक छेउका स्थानीयको सुविधा सहितको उद्देश्यले सुरु गरिएको हो। आयोजनालाई जापान सहयोग नियोग (जाइका) ले सन् १९९३ मा गरेको एक अध्ययन अनुसार नै बढ्दो सहरी चापलाई घटाउने उद्देश्य सहितको प्रतिवेदन दिएको थियो। सोही प्रवितेदन अनुसार सरकारले ०५९ देखि नै यो आयोजना सञ्चालन सुरु गरेको भए पनि वार्षिक बजेट विनियोजनको काम भने ०६७ बाट मात्रै भएको छ।

आयोजना निर्माण गर्न हाल सम्म दुई अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ । सरकारले २०६७,६८ देखि वार्षिक बजेट विनियोजन र खर्चका आधारमा यो रकम सकिएको उल्लेख छ । यो करिडोर निर्माणमा सरकारले आव ०६७,६८ देखि ०७२,७३ सम्ममा एक अर्ब ३६ करोड ६३ लाख ७४ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ। अब २०७३,७४ मा ३५ करोड ४४ लाख ३६ हजार खर्चिएको छ भने चालू आव २०७४,७५ का लागि ४५ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ। चालू आव सम्ममा २४ किमिको सडकमा टेवा पर्खाल लगाउन साँढे दुई किमि मात्रै बाँकी छ । ट्र्याक खोल्नु पर्ने सडकको दूरी जम्मा चार किलोमिटर छ । यो सडकको हाल सम्म दायाँबायाँ गरी २० किमि सम्मको ट्र्याक खोलि सकिएको छ। यो सडक आयोजनामा जम्मा ३ दशमलव २ किमि मात्रै कालोपत्रे भएको छ। खर्चका आधारमा यहाँको काम भने कछुवा गतिमा मात्र अघि वढेको पाइएको छ ।
अन्नपूर्णबाट

 

Skip This
Skip This
Logo