अध्यक्ष ओलीले भनेः म फर्के लगत्तै पार्टी एकता हुन्छ

अध्यक्ष ओलीले भनेः म फर्के लगत्तै पार्टी एकता हुन्छ

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू बैंककबाट फर्किए लगतै पार्टी एकताले गति लिने बताएका छन् । ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक गएका ओलीले स्वास्थ्यमा कुनै समस्या नभएको तर, किड्नी ट्रान्सप्लान्ट गरेका मान्छे भएकाले चिकित्सकहरुको सल्लाह अनुसार जान लागेको बताए ।

दुई पार्टी छिट्टै एक हुनेमा आशंका नगर्न आग्रह गर्दै ओलीले भने, ‘म फर्केपछि अरु समितिहरु बनाइन्छ, त्यसपछि एकता प्रकृया तीव्र हुन्छ ।’ पार्टी अध्यक्ष प्रचण्ड हुने हो भन्ने पत्रकारको प्रश्नमा ओलीले अहिले बोल्दा हतारो हुने बताए ।

त्यस्तै नेताको व्यवस्थापनमा समस्या भएको भन्ने समचारको पनि खण्डन गरे । भने‘ हामी नेताको व्यवस्थापन हैन, मुलुकको व्यवस्थापन गर्न लागेका हौ, गरिवी र चिसोको व्यवस्थापन गर्न गइरहेका छौ जवकी समृद्ध राष्ट्र बनाउने हम्रो योजना छ । ’

‘एमाले र माओवादि केन्द्रको एकताबाट आत्तिएका, तर्सिएका शक्तिले यसलाई विथोल्नका लागि नाङ्गै अलोकतान्त्रिक, अरुका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, एकता देख्न नसक्ने केही प्रतिक्रियावादी भूमिकामा उद्यत छन्’उनले भने,‘म भनिदिन्छु यी सबै प्रयास सफल हुँदैनन्।’उनले एकता हुन नदिने षड्यन्त्रमा कतिपय बुद्धिजीवी भनिनेहरु लागेको उल्लेख गर्दै त्यसप्रति टिप्पणी गरेका छन्।

उनी आज १ बजे थाइ एयरवेजको नियमित उडानबाट बैंकक गएका हुन्। ओलीसँगै उनकी श्रीमती राधिका शाक्य, सहयोगी राजेश बज्रचार्य, चिकित्सक दीपा सिंह र यादव भट्ट पनि सँगै बैक्क गएका छन ।

Skip This
Skip This
Logo