काठामडौं । नेकपा एमालेका सचिव एवम पूर्वमन्त्री महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
शोभा पाठकलाई माइतीघर मण्डलामै गएर कुटपिट गरेको आरोपमा प्रहरीले वैशाख १४ गते १० जनालाई पक्राउ गरेको थियो। धर्नामा बसेकी पाठकलाई माइतीघरमै पुगेर उक्त समूहले हातपात गरेको थियो।
जिल्ला अदालत काठमाडौँले ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धानका लागि तेस्रो पटक पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।
पाठकको जाहेरीका आधारमा प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान गरिरहेको काठमाडौँ परिसरले जनाएको छ।




















