उपत्यकाका बागमती तथा सहायक नदी किनारमा अतिक्रमित सुकुमबासी बस्ती डोजर चल्यो

उपत्यकाका बागमती तथा सहायक नदी किनारमा अतिक्रमित सुकुमबासी बस्ती डोजर चल्यो

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा अतिक्रमित सुकुमबासी बस्ती खाली गराउन थालेको छ । अहिले बागमती करिडोर अन्तर्गत बल्खुमा घरटहरा भत्काउन थालिएको छ । प्रहरीको बाक्लो उपस्थिति छ । मानिसहरू अझै सामान सारिरहेका छन् ।

आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । अतिक्रमित सुकुमबासी बस्ती भत्काउन केही डोजर टेकुस्थित कालोपुल अगाडिबाट यी डोजरहरू नदी किनारतर्फ लागेका छन् ।

सरकारले डोजर चलाउने तयारी गरेका स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । कतिपय स्थानमा सुरक्षाकर्मीले सामान सार्न सहयोग गरिरहेका छन् ।

Logo