युवतीले बनाईन ‘रेप प्रुफ पेन्टि’

युवतीले बनाईन ‘रेप प्रुफ पेन्टि’

केन्द्रबिन्दु
0
Shares

उत्तर प्रदेश, २५ पुस । भारतकी एक युवतीले बलात्कारवाट जोगाउने ‘रेप प्रुफ’ पेन्टिको निर्माण गरेकी छिन् ।

बलात्कारको घटना भारतमा धेरै घट्ने र यसले महिलाहरुको ज्यानै जानेको संख्या बढ्दै गएपछि सिनु कुमारी नाम गरेकी युवतीले महिलालाई बलात्कार हुनवाट रोक्ने किसिमको पेन्टि निर्माण गरेकी हुन् ।

उत्तर प्रदेशको फारुखावादमा गरिव परिवारमा जन्मिएकी सिनु कुमारीले निर्माण गरेको पेन्टिमा योनीलाई बन्द गराउने लक, घटना स्थालको जानकारी दिने ग्लोबल पोजिसन सिस्टम (जिपिएस) र भिडियो क्यामेरा रहेको छ । उक्त क्यामेराले बलात्कारीको फोटो र भिडियो खिच्ने गर्छ ।

गुलाबी रंगमा आउने यो पेन्टिमा प्रयोग भएको कपडा बुलेट प्रुफ पनि रहेको छ । जसलाई चक्कुले काट्न पनि सक्दैनन् । सिनु कुमारीले उक्त पेन्टिमा कि–लक सिस्टम राखेकी छन् । जसको साँचो खोल्न पासवर्डको सहायता चाहिन्छ । यो पेन्टि लगाएको अवस्थामा कुनै पुरुषवाट शंकास्पद गतिविधि हुन थाल्यो भने तत्काल एउटै बटनवाट एसएमएस पठाएर आफुलाई उद्धार गर्न लगाउन सकिन्छ । यसको लागि घटनास्थल थाहा पाउन यसमा रहेको जिपिएस सिस्टमले जानकारी दिन्छ ।

सिनु कुमारीका अनुसार महिलाले यसलाई सधै लगाई रहनु पर्छ भन्ने छैन । कुनै यात्रामा निस्कदा आफुलाई असुरक्षित भएको महसुस हुने स्थान लागेको खण्डमा लगाए हुन्छ, सिनु भन्छिन् । आफुलाई खतरा भएमा यसमा भएको एउटा बटनलाई थिच्दा पहिलानै निश्चित गरेको इमर्जेन्सि नम्बरमा सुचना पुग्छ ।

सिनु कुमारी यो डिजाइनको पेन्टिको प्रतिलिपि सुरक्षित गर्न इलाहवादमा रहेको राष्ट्रिय आविष्कार संघमा गएकी छिन् । उनका अनुसार यो पेन्टिको औसत मुल्य ७ हजार रुपैंया पर्ने जनाएकी छिन् ।

Skip This
Skip This
Logo