काठमाडौं,२४,पुस
चिकित्सा शिक्षामा सुधारको माग गर्दै शृंखलाबद्ध अनशन गरेका प्राडा गोविन्द केसीले अदालतबाट डा.शशि शर्माको पुनर्बहाली निर्णय प्रति आपत्ति जनाएका छन् । "/>

अब प्रधानन्यायाधीश विरुद्ध लड्छु :गोविन्द केसी

अब प्रधानन्यायाधीश विरुद्ध लड्छु :गोविन्द केसी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२४,पुस
चिकित्सा शिक्षामा सुधारको माग गर्दै शृंखलाबद्ध अनशन गरेका प्राडा गोविन्द केसीले अदालतबाट डा.शशि शर्माको पुनर्बहाली निर्णय प्रति आपत्ति जनाएका छन् । आइतबार वक्तव्य जारी गर्दै उनले प्रधानन्यायाधीश विरुद्ध नै संघर्ष गर्ने चेतावनी दिए।

‘आईओएम डिन नियुक्तिको ४ वर्ष पुरानो मुद्दामा सुनियोजित रूपमा मेडिकल माफियाको स्वार्थ र साँठगाँठ अनुसार न्यायालयकै मानमर्दन हुने गरी फैसला गर्दै तत्कालीन प्रधानन्यायाधीश तथा सरकार प्रमुख खिलराज रेग्मीको सरकारले बर्खास्त गरेका माफियालाई आईओएमको डिन पदमा फर्काइएकोमा त्यस प्रति घोर आपत्ति जनाउँदै त्यसको सशक्त प्रतिरोध गर्ने जानकारी गराउन चाहन्छौं, केसीको वक्तव्यमा भनिएको छ, ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायधीश र तिनले स्थापित गरेका माफिया विरुद्ध लड्नुको अब विकल्प छैन। उनले सोमबार अपराह्न पत्रकार सम्मेलन गरी अन्य घोषणा गर्ने बताए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo