मध्य पहाडी राजमार्गको भाेजपुर र लमजुङ एवं बेनी जाेमसाेम सडक एकतर्फी सञ्चालन

मध्य पहाडी राजमार्गको भाेजपुर र लमजुङ एवं बेनी जाेमसाेम सडक एकतर्फी सञ्चालन

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। केही दिनदेखिको वर्षासँगैको बाढी पहिराका कारण अवरुद्ध मुख्य राजमार्गहरु केही एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।

यही वैशाख १२ गतेको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका-५ बोखिमको मध्यपहाडी लोकमार्ग, वैशाख १६ गतेको पहिराले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ जलथलेस्थित बेनी-जोमसोम सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका-१० बिमिरेभन्ज्याङस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा सञ्चालन भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बताए ।

बाढी र पहिराका कारण पूर्ण रुपमा अबरुद्ध भएका केही राजमार्ग र सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा ल्याइएका छन् । वैशाख १६ गतेको पहिराका कारण पूर्ण रुपमा अवरुद्ध भएको सिन्धुपाल्चोक भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्गमा भने अहिलेसम्म सञ्चालन हुन नसकेको उनले बताए ।

वर्षातको समयमा बाढी पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

Logo