रक्सी पिउन नदिएपछि ….

रक्सी पिउन नदिएपछि ….

केन्द्रबिन्दु
0
Shares

मदिरा पिउनमा सरकारले प्रतिवन्ध लगायो भने तपाई के गर्नुहुन्छ ? घरमा लुकाएर पिउनुहुन्छ ? कानुनको उल्लंघन गर्नुहुन्छ ?

दुबै विकल्प ठिक नलाग्न सक्छ पियक्कडहरुलाई । उनीहरु आफ्ना साथीभाईसँग झुम्दै मस्ती गर्न चाहन्छन् । साथीभाई नभए मदिरा पिउनुको मज्जा पनि हुँदैन ।

बिबिसीमा प्रकासित खबर अनुसार न्युजिल्यान्डमा यस्तै पियक्कडहरुले अनौठो जुक्ति निकाले । न्यूजिल्यान्डका कोरोमन्डल प्रायद्वीपमा नयाँ बर्षको बेला सार्वजनिक स्थानमा मदिरा पिउन प्रतिवन्ध लगाएको थियो । खाने मुखलाई जुँगाले छेक्दैन भन्ने त उखानै छ । त्यो उखान न्युजिल्यान्डका केहि पियक्कडहरुले लागु गरे ।

उनीहरुले यस्तो आइडिया निकाले, जसबाट कानुन पनि उल्लंघन नहुने । मदिरा पनि पिउन पाइने । उनीहरुले यसका लागि एउटा सानो टापु बनाए । नाइरुआ नदीमा पानीको वहाव हल्का भाएको बेला उनीहरुले कृतिम टापु बनाए । त्यहाँ पिकनिक टेबल राखे । मदिरा चिसो बनाउन कुलरको पनि व्यवस्था गरे । उनीहरुले रातभर त्यही टापुमा मदिरा पिएर विताए । अतिशबाजी हेरे ।

मदिरा पिएको खण्डमा एक सय ८० डलर तिर्नुपर्ने प्रावधान छ । तर, उक्त घटनालाई स्थानिय प्रशासनले छुट दिएको छ । यो रचनात्मक सोंच भएकाले छुट दिइएको उनीहरुको भनाइ थियो ।

Logo