काठमाडौं । व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले धरौटी वा जमानत लिएर आवश्यक अनुसन्धान गर्न सक्ने व्यवस्था रहेको भन्दै परमादेश जारी गरेको हो । इजलासले उनलाई धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरेको छ ।
नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा उनी गत ११ वैशाखमा पक्राउ परेका थिए ।





























प्रतिक्रिया