पश्चिम बंगालमा भाजपाको ऐतिहासिक जीत, ममता बनर्जी १५ बर्षे विरासत ढल्यो

पश्चिम बंगालमा भाजपाको ऐतिहासिक जीत, ममता बनर्जी १५ बर्षे विरासत ढल्यो

केन्द्रबिन्दु
489
Shares

काठमाडौं। चौतिस बर्ष लामो कम्युनिष्ट सरकारलाई ढालेर भारतको पश्चिम बंगालमा उदाय भएको ममता बनर्जीको पार्टी तृणमुल कंग्रेसको सत्ता ढलेको छ । पश्चिम बंगालमा १५ बर्ष पछि तृणमुल कंग्रेसको लज्जास्पद पराजयसँगै भारतीय जनता पार्टी पहिलो पटक सरकार बनाउने भएको छ ।

विधानसभा चुनावको परिणाम आईसक्दा भवानीपुर सीटमा भारतीय जनता पार्टी (बीजेपी)का उम्मेदवार शुभेन्दु अधिकारीसँग मुख्यमन्त्री मनर्जीलाई १५ हजारभन्दा बढी मतले पराजित गरेका छन् । सन् २०२१ को विधानसभा चुनावमा नन्दीग्राम सीटमा पनि अधिकारीले ममता बनर्जीलाई हराएका थिए । यस पटक उनले नन्दीग्राम सीटमा पनि जित हासिल गरेका छन् ।

भवानीपुर सीटको नतिजा आउनुभन्दा केही समयअघि ममता बनर्जीले बीजेपीमाथि मत लुटेको आरोप लगाएकी थिइन् । उनले भनिन्- ‘जबरजस्ती एसआईआर गरिएको छ, अत्याचार गरिएको छ, काउन्टिङ एजेन्टहरूलाई गिरफ्तार गरिएको छ। हामी पुनः फर्कनेछौँ।’

२ सय ९४ सीट भएको विधानसभामा बहुमतका लागि १४८ सीट आवश्यक पर्छ । जसअनुसार भारतीय जनता पार्टीले २०६ सिट जितेर पूर्ण बहुमत प्राप्त गरेको छ । तृणमुल कंग्रेसले ८१ सिट, कंग्रेस आई गठबन्धनले २ सिट, आम जनता उनन्नयन पार्टीले २ सिट, भारतीय कम्युनिष्ट पार्टी मार्क्सबादीले १ सिट र अल इन्डिया सेकुलर फ्रन्टले एक सिट जितेको छ । अघिल्लो चुनावमा टीएमसीले २१५ सीट र बीजेपीले ७७ सीट जितेको थियो ।

सन् २०११ देखि पश्चिम बंगाल राज्यमा लगातार टीएमसीको सरकार थियो र ममता बनर्जी पछिल्ला १५ वर्षदेखि मुख्यमन्त्री थिइन् । अब बीजेपीले पहिलो पटक राज्यमा सरकार बनाउने भएको छ ।

Logo