काठमाडौं । वामपन्थी दलहरूको बलियो आधार मानिएको भारतको केरला राज्यमा यसपटक उनीहरूको हातबाट सत्ता फुस्किएको छ ।
विधानसभा निर्वाचनमा केरला राज्यको सत्तामा रहेको कंग्रेस नेतृत्वको यूडीएफ गठबन्धन १० वर्षपछि फर्किएको छ । ५० वर्षमा पहिलोपटक भारतका कुनै पनि राज्यमा वामपन्थीको सरकार नरहने भएको छ ।
कुल १४० सिट रहेको केरलामा कंग्रेस पार्टी एक्लैले ६३ सिट जितेको छ । कांग्रेसको सहयोगी इन्डियन युनियन मुस्लिम लीगले २२ सिट जितिसकेको छ भने सहयोगी अन्य दलले १७ सिट हासिल गरेका छन् ।
अर्कोतर्फ वामपन्थी दलहरूले ३५ सिट मात्र जितेका छन् । यस अवस्थाले केरलामा वामपन्थी सत्ता गुम्ने निश्चित भएको छ । केरलामा सन् २०१६ देखि २०२६ सम्म दुई कार्यकाल वामपन्थी सरकार थियो ।


















