पूर्व सांसद तथा भिएस निकेतनका संस्थापक डा.पोखरेलको निधन

पूर्व सांसद तथा भिएस निकेतनका संस्थापक डा.पोखरेलको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्याब्सनका पूर्व अध्यक्ष डा. बाबुराम पोखरेलको निधन भएको छ ।

तत्कालिन संविधान सभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट समानुपातिक सभासद बनेका पोखरेलको आज बिहान निधन भएको हो ।

पोखरेल स्वासप्रस्वास र मुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको अस्पतालमा उपचारकै क्रममा निधन भएको प्याब्सनका महासचिव राजेन्द्र बानियाले बताए ।

बानियाँका अनुसार पोखरल ६८ देखि ७० सम्म प्याव्सनका अध्यक्ष रहेका थिए भने हाल बरिष्ठ उपाध्यक्ष रहेका छन् । पोखरेल मिनभवनस्थित भिएस निकेतन स्कुलका संस्थापक समेत हुनुहुन्थ्यो ।

आज बिहान अचानक ट्वाइलेट जाने क्रममा लडेका पोखरेललाई नर्भिक अस्पताल लगिएको थियो ।

 

Logo