काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सांगठनिक संरचनामा जिम्मेवारी हेरफेर गरेको छ । पार्टीको सचिवालय बैठकले विभिन्न विभागमा कार्यरत दुई नेतालाई केन्द्रीय निर्वाचन आयोगको सदस्यको नयाँ जिम्मेवारी दिने निर्णय गरेको हो।
पार्टीको निर्णय अनुसार नवप्रवर्तन विभागको प्रमुखको रूपमा कार्यरत भुवन केसीलाई अब केन्द्रीय निर्वाचन आयोगको सदस्य बनाइएको छ। त्यसैगरी, प्रचारप्रसार विभागमा सदस्यका रूपमा सक्रिय रहेका आनन्द कुमार मिश्रलाई पनि सोही आयोगको सदस्यको जिम्मेवारी तोकिएको छ।
पार्टीको आन्तरिक निर्वाचन प्रणाली र संगठनात्मक सुदृढीकरणलाई थप व्यवस्थित बनाउन यो जिम्मेवारी हेरफेर गरिएको रास्वपाले जनाएको छ।































प्रतिक्रिया