शेखर गोल्छालाई म्याद थप्न अदालतको अस्वीकार

शेखर गोल्छालाई म्याद थप्न अदालतको अस्वीकार

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अदालतले अस्वीकार गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी भएको पक्राउ अनुमतिको म्याद नथप्ने आदेश गरेको हो । योसँगै अनुसन्धान गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई हिरासतमुक्त गरी अनुसन्धान अघि बढाउनुपर्नेछ ।

यसअघि सोमबारमात्रै सर्वोच्च अदालतले धरौटी र जमानतको व्यवस्था हुँदाहुँदै किन थुनामा राखेर अनुसन्धान अघि बढाएको भनी धितोपत्र कसुरको अनुसन्धानमाथि प्रश्न उठाएको थियो ।

Logo