पश्चिमी र स्थानीय वायु चापीय प्रणालीको प्रभाव अझै सकिएन, चट्याङ्गसहित वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायु चापीय प्रणालीको प्रभाव अझै सकिएन, चट्याङ्गसहित वर्षाको सम्भावना

केन्द्रबिन्दु
117
Shares

काठमाडौं । नेपालमा पश्चिमी वायु, स्थानीय वायु र देशको पूर्वी क्षेत्र नजिकैको तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातीकोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी प्रदेशको केही स्थानहरूमा, मधेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

Logo