प्रधानमन्त्री बालेनले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री बालेनले बोलाए संवैधानिक परिषद्को बैठक

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को पहिलो बैठक बोलाएका छन् ।

संवैधानिक पदहरुमा नियुक्ति सिफारिसका लागि बिहीबार साँझ ५ बजे परिषद्को बैठक बोलाइएको हो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरुमा नियुक्तिको बाटो खुलेको छ ।

संवैधानिक परिषद् संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिका लागि सिफारिस गर्ने अधिकार भएको उच्चस्तरीय निकाय हो, जसको अध्यक्षता प्रधानमन्त्रीले गर्ने व्यवस्था छ। परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख तथा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने प्रावधान छ।

हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका संवैधानिक पदाधिकारी पद रिक्त छन् । बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनेछ । मुख्य कार्यसूची नै ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।

Logo