काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को सदस्य पदमा प्रतिष्ठित व्यवसायी एवं ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी निर्वाचित भएका छन् । महासंघको हालै सम्पन्न चुनावी प्रक्रियामार्फत उनी आगामी कार्यकालका लागि कार्यसमिति सदस्यमा चयन भएका हुन् ।
नेपालको निजी क्षेत्रको छाता संगठन महासंघमा भण्डारीको आगमनलाई व्यावसायिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। लामो समयदेखि स्वास्थ्य क्षेत्रको विकास र व्यवस्थापनमा सक्रिय रहँदै आएका भण्डारीले अब महासंघमार्फत समग्र उद्योगी र व्यवसायीहरूको हकहितका लागि कार्य गर्ने जिम्मेवारी पाएका छन् ।
नेपालको स्वास्थ्य सेवालाई आधुनिक र अन्तर्राष्ट्रिय स्तरको बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका भण्डारीको अनुभवले महासंघको आगामी कार्यदिशामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । विशेषगरी सेवामूलक उद्योग र निजी लगानीका क्षेत्रमा रहेका नीतिगत चुनौतीहरूलाई सम्बोधन गर्न उनको उपस्थिति प्रभावकारी हुने व्यवसायीहरूको बुझाइ छ।
महासंघको नयाँ कार्यसमितिमा उनको चयनसँगै विभिन्न क्षेत्रका उद्यमी तथा व्यवसायीहरूले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्। भण्डारी नेतृत्वको ह्याम्स हस्पिटलले पछिल्लो समय नेपालको स्वास्थ्य सेवा प्रवाहमा उल्लेखनीय फड्को मारेको छ।





























प्रतिक्रिया