काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।
बुधबार बिहान सभापति थापाले उपसभापति शर्मासहित निवर्तमान कार्यवाहक सभापति खड्कासँग उनकै निवास गल्फुटारमा भेटवार्ता गरेका हुन्।
भेटका क्रममा नेताहरूबीच गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टीमा देखिएको वैचारिक विभाजन अन्त्य गर्ने र सबै पक्षलाई समेटेर लैजाने विषयमा गम्भीर छलफल भएको जनाइएको छ। सर्वोच्च अदालतले वैशाख ४ गते कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद निरूपण गरेसँगै सभापति थापाले असन्तुष्ट पक्ष र अन्य शीर्ष नेताहरूसँगको संवादलाई प्राथमिकता दिएका हुन्।
भेटमा पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति भएको बताइएकाे छ ।
विशेष महाधिवेशनको विपक्षमा उभिएका नेताहरूलाई विश्वासमा लिन थापाले मंगलबार मात्रै नेता डा. शेखर कोइरालासँग विशालनगरमा भेटवार्ता गरेका थिए।





























प्रतिक्रिया