महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी, सदस्यमा क-कसले मारे बाजी ?

महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी, सदस्यमा क-कसले मारे बाजी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई)को वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् ।

महासंघ निर्वाचन समितिअनुसार श्रेष्ठ ६३ मत प्राप्त गरेर विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरेका हुन् ।

यस्तै, महासंघ जिल्ला नगर उपाध्यक्षमा अञ्जन पक्ष दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा विजयी भएका छन् । जिल्ला÷नगरतर्फको उपाध्यक्षमा शर्माले ८७ मत पाएर विजयी भएका हुन् भने दीलसुन्दर श्रेष्ठ ८० प्राप्त गर्दै निर्वाचित भएका हुन् । महिला सदस्यतर्फ गीता अमात्य ८१ र हीरा भट्टराईले ६३ मत प्राप्त गर्दै विजयी भएका छन् ।

यता वस्तुगत समूहको सदस्यतर्फको मतगणना पनि सकिएको छ । मंगलबार भएको मतपरिणामअनुसार, चारजनाको समान मत आएपछि गोलाप्रथाद्वारा कार्यकाल तय गरिने बताइएको छ ।

वस्तुगत महासंघतर्फ उम्मेदवारमा सुनयना घिमिरे ११ र विश्वनाथ खनाल ९ मत ल्याएर विजयी भएका छन् । वस्तुगत संघतर्फको १३ जना सदस्यका लागि भएको निर्वाचनको परिणाम पनि सार्वजनिक भएको छ । जसमा २६ जनाको उमेदवारी दर्ता भएको थियो । प्राप्त मत परिणामअनुसार अरनिको राजभण्डारीले ७० मतका साथ अग्रस्थानमा रहँदै विजयी भएका छन् ।

नानीराज घिमिरेले ५२ मत, पर्शुरामदेव पाण्डेले ६२ मत, विदुर धमलाले ६८ मत, भक्तबहादुर हमालले ५६ मत, रविन पुरीले ६६ मत ल्याएका छन् । त्यस्तै, राजकुमार कार्कीदे ६३, लिलेन्द्र प्रधानले ६२, संघर्ष विष्टले ५१, सागर ढकालले ६८ र होमप्रसाद घिमिरेले ५१ मत प्राप्त गरी विजयी भएका छन् । निर्वाचनको अन्तिम नतिजामा चारजना उमेदवारको समान मत आएपछि केही अन्योल सिर्जना भएको छ । उमेदवारहरू विकास खत्री, पुनम साह, प्रकाश अधिकारी र प्रदीप वस्तीले समान ५०–५० मत प्राप्त गरेका छन् ।

चारै जनाको मत बराबर भएपछि उनीहरूको कार्यकाल कसरी निर्धारण गर्ने भन्ने विषयमा अहिले छलफल जारी रहेको छ ।

Skip This
Skip This
Logo