काभ्रे ।
काभ्रेमा आज ६३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज १५ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
शुक्रबार ४६ जना थपिएका थिए । विहिबार ६५ जना थपिएका थिए भने १७ जना निको भएका थिए । यस्तै बुधबार ९ जना थपिएका थिए भने ११३ जना निको भएका थिए ।
अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार १४ पुगेको छ । संक्रमित मध्ये १ हजार ४०९ जना निको भएका छन् । जिल्लामा ३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १३ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
नयाँ थपिएका मध्ये बनेपाबाट ३१, धुलिखेलबाट ६, मण्डनदेउपुरका ७, पनौतीका ११ , नमोबुद्धबाट ५ र पाँचखालका ३ जना छन् । आज बनेपाका ७७ वर्षिय पुरुषको मृत्यु भएको छ ।

काठमाडौं उपत्यका आज १ हजार ५१२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १४१ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा ७० हजार ७७३ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ६ हजार ४३० जना कोरोना संक्रमित छन् । ललितपुरमा ९ हजार ९९१ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ८७ हजार १९४ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । आज २ हजार ७५३ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ । आज मात्र १७ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ । आज निको हुनेको संख्या २ हजार २०६ छ ।
आजको पिसिआर परीक्षण १० हजार ४२३ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख २७ हजार ७६६ रहेको छ । आज ३५ हजार ४३५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।





























प्रतिक्रिया