काठमाडाैं । सर्वोच्च अदालतले सुकुम्वासी बस्तीमा डोजर नचलाउन अन्तरिम आदेश जारी गरेको छ ।
सुकुम्बासी बस्तीमा डोजर चलाएर भत्काउने काम रोक्न दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो।
सरकारले काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको सुकुम्वासी बस्ती व्यवस्थापन अभियानअन्तर्गत हालसम्म १९ वटा बस्ती खाली गराएको छ । सो अभियानका क्रममा हजारौँ घरटहरामा डोजर चलाइएपछि ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरणअनुसार हालसम्म कुल २ हजार ६८७ घर तथा टहरा भत्काइएको छ । तीमध्ये ८९० वटा पक्की संरचना र १ हजार ७९७ कच्ची संरचना रहेको जनाइएको छ ।अभियानका क्रममा करिब १५ हजार ३१६ जना व्यक्ति विस्थापित भएका छन् । उनीहरुमध्ये सम्पर्कमा आउनेलाई होल्डिङ सेन्टरमा राखिएको छ ।





























प्रतिक्रिया