आइतबारसम्म आफ्नो विवरण पठाउन कम्बोडियामा रहेका नेपालीलाई दूतावासको आग्रह

आइतबारसम्म आफ्नो विवरण पठाउन कम्बोडियामा रहेका नेपालीलाई दूतावासको आग्रह

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । कम्बोडियामा रहेका नेपालीलाई आइतबारसम्म आफ्नो विवरण उपलब्ध गराउन थाइल्यान्डस्थित नेपाली दूतावासले आग्रह गरेको छ । हालसम्म २२१ जनाको मात्र विवरण प्राप्त भएको दूतावासले जनाएको छ ।

भिसा अवधि समाप्त भएर पनि बसेका नेपालीलाई तत्काल फर्कन पनि दूतावासले भनेको छ । “हालसम्म विवरण उपलब्ध गराउन छुट भएको भए, यही १० मे २०२६ को बेलुकासम्म अनिवार्य रूपमा विवरण उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ,” दूतावासले भनेको छ ।

कम्बोडियामा अनलाइन स्क्यामिङजस्ता अन्तरदेशीय आपराधिक गतिविधि तथा स्थानीय कानूनले अनुमति नदिएका अन्य क्रियाकलापहरूमा संलग्न छन् भने, त्यस्ता गतिविधिहरू तुरुन्त बन्द गरी नेपाल फर्कन दूतावासले अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo