लहान। सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालयखुलाउन मधेश प्रदेशसभाका सांसदसहित स्थानीयवासी तथा व्यापारीहरूले हुलाकी मार्ग अवरुद्ध गरेका छन् ।
स्थानीय सर्वसाधारण तथा व्यापारीहरूले बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा सडकको बीचभागमा बेन्च राखेर हुलाकी मार्ग अवरुद्ध गरेका हुन् । आन्दोलनमा बजार व्यवस्थापन समिति, मधेश प्रदेशसभा सदस्य संजय कुमार यादव, सुखीपुर उद्योग व्यापार समितिसहित स्थानीयले हुलाकी मार्ग अवरुद्ध पारेका छन् ।
नेपाल सरकारले वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सिरहा–बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन चर्किएको हो । प्रदर्शनकारीहरूले छोटी भन्सार पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।
सडक अवरुद्ध भएपछि हुलाकी मार्ग भएर सञ्चालन हुने सवारी आवागमन प्रभावित बनेको छ । स्थानीयले छोटी भन्सार बन्द हुँदा सीमा क्षेत्रको व्यापार तथा दैनिक आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको छ ।































प्रतिक्रिया