प्रदेश भेलाको तयारी देउवाको समूह, कोशी प्रदेशबाट भेलाको सुरुवात हुने

प्रदेश भेलाको तयारी देउवाको समूह, कोशी प्रदेशबाट भेलाको सुरुवात हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय कार्यक्रमहरू सञ्चालन गरिरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवाको समूह प्रदेश भेलाको तयारीमा जुटेको छ ।

देउवा समूह आन्तरिक रणनीति तय गर्न प्रदेश भेला गर्ने तयारीमा जुटेको हो । देउवा समूहको नेतृत्व गरिरहेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेलाको तयारी भइरहेको जनाएको छ ।

देउवा निकट नेता मीन विश्वकर्माले विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गर्ने निर्णय गरिएको बताए ।

देउवा समूहले प्रदेशस्तरीय भेलाका लागि कोशीमा कृष्णप्रसाद सिटौला र मधेशमा आनन्दप्रसाद ढुंगानालाई समन्वयको जिम्मेवारी दिएको छ । यस्तै, गण्डकीमा मेखलाल श्रेष्ठ, बागमतीमा प्रकाशमान सिंह र डा. प्रकाशशरण महतले समन्वय गरिरहेका छन् । लुम्बिनीमा किशोरसिंह राठौर, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई जिम्मा दिएको छ ।

देउवा समूहले प्रदेशस्तरीय भेलाको सुरुवात कोशी प्रदेशबाट गर्ने भएको छ । कोशी प्रदेशको भेला वैशाख २९ गते विराटनगरमा आयोजना गरिने नेता विश्वकर्माले जानकारी दिए ।

बागमती प्रदेशस्तरीय भेला वैशाख ३० गतेका लागि तय गरिएको नेताहरूले बताएका छन् । उनीहरूका अनुसार भेला बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेबाट सुरु हुने बताइएको छ ।

Skip This
Skip This
Logo