अब बालेन ओलीजस्तै भइसके, घण्टीमा भोट हाल्नेहरू लुक्न थाले, : दुर्गा प्रसाईँ

अब बालेन ओलीजस्तै भइसके, घण्टीमा भोट हाल्नेहरू लुक्न थाले, : दुर्गा प्रसाईँ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले अहिले घण्टीमा भोट हाले भन्नेहरू एक महिनामै लुक्ने अवस्थामा पुगिसकेको बताए छन् ।

भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले गरिब तथा श्रमिक वर्गमाथि अन्याय भएको आरोप लगाए । उनले केपी ओलीले जस्तै बालेनले पनि शक्ति आफ्नो हातमा ल्याइरहेको भन्दै शक्ति भनेको जनता भन्ने नभुल्न चेतावनी दिए ।

सरकारले सुकुम्वासी बस्तीमा डोजर लगाएकोप्रति असन्तुष्टि जनाएका छन्। उनले प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’ को प्रयोग गरेर फाँसीवादी शैलीमा शासन चलाउने प्रयास गरिरहेको बताए।

“जीवनभरको मेहनतबाट बनाइएका घरहरू भत्काइँदा गरिबका सपना चकनाचुर भएको छ । गरिबको आँसु लाग्छ, वृद्धा अवस्थाका आमाहरू रुँदै गरेका थिए, एकल महिलाहरू रुँदै गरेका थिए । जो लघुवित्त र सहकारीबाट पीडित भएका थिए। जीवनभरिको कमाइले घर बनाएका थिए,” उनले भने- “कसैले मकै बेचेर, कसैले गिट्टी बोकेर घर बनाएका थिए, कसैले घरमा रङ्ग लगाएर मजदुरी गरेर चाहिँ घर बनाएका थिए, कसैले भारी बोकेर घर बनाएका थिए । तर ती सबै घर भत्किए। घरमात्रै भत्किएन गरिबका सपना पनि भत्किए।”

चुनावअघि नै आफूले दललाई एक ठाउँमा राखेर चुनावमा नजान सुझाव दिएको जिकिर गरे। उनले बालेनलाई प्रधानमन्त्री बनाएर गरिब लखेट्ने योजना बनाइएको उनको भनाई छ।

Logo