नेपालको लोकप्रिय फुड एण्ड वेभररेज बाजेको सेकुवाले आफ्नो बण्ड विभिन्न देशका मुख्य शहरहरुमा पुर्याउने भएको छ । बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीका अनुसार आगामी मार्चबाट अमेरिकाको न्युयोर्कबाट आफ्नो सेवा सुभारम्भ गर्नेछ ।
अमेरिकामा बस्दै आएका नेपाली व्यापारिक समूहकातर्फबाट दीपक भट्टराई, पदम गुरुङ, सुरेन्द्र रायमाझी, केदारप्रसाद श्रेष्ठ, महेश भट्टराई, गणेश लम्साल र बाजेको सेकुवाका अध्यक्ष भण्डारीबीच हस्ताक्षर गरेको छ । बाजेको सेकुवाले यो रिजनल फ्रेन्चाइजीको रुपमा सञ्चालनमा ल्याउन लागेको हो ।

बाजेको सेकुवाले नेपाल बाहिर पहिलो पटक आफ्नो शाखा विस्तार गरेको हो । हालसम्म नेपालभित्र १३ ओटा शाखा खोलिसकेको छ । अमेरिकासहित अब १४ ओटा शाखा भएको भण्डारीले जानकारी दिए ।
आगामी ६ वर्षभित्र अमेरिकामै ७ ओटा भन्दा बढी शाखा खोल्ने योजना छ । त्यसैगरी, अमेरिकाबाहेक वेलायल, कतार, अष्ट्रेलियामा पनि चाडै शाखा खोल्ने अध्यक्ष भण्डारीले बताए ।
































प्रतिक्रिया