काठमाडौं, २० पुस ।
निर्वाचन आयोगले समानुपातिक सूचि सच्याएर बुझाउन पत्राचार गरेपछि काँग्रेस संसोधन सूची आयोगमा पठाएकोे छ ।
नेपाली काँग्रेस स्रोतका अनुसार प्रदेश नम्बर १, २ र ५ का चार जनाको नाम संशोधन गरेर निर्वाचन आयोगमा नामावली पठाएको हो ।
प्रदेश १ मा सीतादेवी पौडेललाई हटाएर शान्ता पौडेलको नाम पेश गरिएको छ । क्रम संख्यामा शान्ता एक नम्बरमा भए पनि तीन नम्बरमा रहेकी सीतादेवीको नाम पठाएको थियो ।
प्रदेश १ मै टेकचन्द्र विश्वासको नाम हटाएर कल्पनाकुमारी सरदारको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको छ ।
यसैगरी प्रदेश नम्बर २ मा सलमा खातुनको नाम हटाएर आदिवासी जनजाती कोटाबाट शोभा लामाको नाम बुझाइएको छ ।
यस्तै प्रदेश ५ मा सूर्यमती उपाध्यायको सट्टा शान्तिदेवी वर्मा सोनारलाई दलित कोटामा पठाइएको छ ।
क्रम संख्या नमिलेको र समानुपातिक क्लस्टर नमिलेको पाइएपछि निर्वाचन आयोगले पुस २० गतेसम्म संशोधित नामावली सच्याउन नेपाली कांग्रेससहित राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई मंगलबार पत्राचार गरिएको थियो ।































प्रतिक्रिया