चेन्नाई । दक्षिणी भारतीय राज्य तमिलनाडुको स्थानीय सरकारले ७१७ वटा सरकारी मदिरा पसल बन्द गर्न आदेश दिएको छ ।
तमिलनाडु सरकारले दिएको जानकारीअनुसार तमिलनाडु स्टेट मार्केटिङ कर्पोरेशनद्वारा सञ्चालित यी रक्सी पसलहरू पूजा स्थलहरू, शैक्षिक संस्थाहरू र बस स्टेशनहरूको ५०० मिटर भित्र अवस्थित रहेको भन्दै उनीहरूलाई तत्काल बन्द गर्न भनिएको हो ।
राज्य सरकारले आदेशको कार्यान्वयन दुई साताभित्र गर्नुपर्ने जनाएको छ । भारतमा सबैभन्दा बढी मदिरा खपत गर्ने राज्यहरू मध्ये तमिलनाडु पनि एक हो।
भारतको गुजरात, बिहार, नागाल्यान्ड र मिजोरममा रक्सी पूर्ण रूपमा प्रतिबन्धित छ। केही अन्य राज्यहरूमा पनि यसलाई आंशिक रूपमा प्रतिबन्धित गरिएको छ।





























प्रतिक्रिया