काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरु शीर्ष स्थानमा पुगेको छ । बुधबार रायपुरमा भएको आईपीएल भिडन्तमा कोलकाता नाइट राइडर्समाथि ६ विकेटको जित हासिल गर्दै शीर्ष स्थानमा पुगेको हो ।
रोयल च्यालेन्जर्सको जितमा विराट कोहलीले अविजित शतक प्रहार गरेका छन् । जितको लागि १९३ रनको लक्ष्य पछ्याउँदै, कोहलीले ६० बलमा ११ चौका र तीन छक्का प्रहार गर्दै अविजित १०५ रन बनाए पछि १९.१ ओभरमा ४ विकेट गुमाएर जित दिलाए हो । जितपछि, रोयल च्यालेन्जर्स १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लियो । गुजरात टाइटन्ससँग बराबरी अंक भएपनि नेट रनरेटमा आधारमा रोयल च्यालेन्जर्स शीर्ष स्थानमा पुगेको हो ।
यसअघि, कोलकाता नाइट राइडर्सका किपर-ब्याटर अंगकृष रघुवंशीले ७१ रनको उत्कृष्ट इनिङ्सका साथ १९२ बनाएको थियो।




















