जापानमा नयाँ ‘बिजनेस म्यानेजर’ भिसा नियमले नेपालीसहित विदेशी व्यवसायी संकटमा

जापानमा नयाँ ‘बिजनेस म्यानेजर’ भिसा नियमले नेपालीसहित विदेशी व्यवसायी संकटमा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । जापानको अध्यागमन सेवा एजेन्सीले २७ अक्टोबरदेखि लागु हुने गरी ‘बिजनेस म्यानेजर’ भिसाका लागि पूँजीसम्बन्धी मापदण्ड कडा बनाएको छ ।

नयाँ नियमअनुसार व्यवसाय सञ्चालन गर्न कम्तीमा तीन करोड येन (करिब १९० हजार अमेरिकी डलर) पूँजी आवश्यक पर्ने व्यवस्था गरिएको छ । यसअघि पाँच मिलियन येन भए पुग्थ्यो ।

नयाँ नियमकफ कारण नेपालीसहित विदेशी साना व्यवसायीहरू गम्भीर संकटमा परेका छन् । विशेषगरी साना तथा मध्यम स्तरका रेस्टुरेन्ट, खाद्यान्न आयात तथा खुद्रा व्यवसाय सञ्चालन गरिरहेका विदेशी नागरिकहरू व्यवसाय बन्द गरेर स्वदेश फर्किन बाध्य हुने अवस्था सिर्जना भएको जापानी मिडियाहरुले लेखेका छन् ।

यस परिवर्तनले विशेषगरी विदेशी समुदायले सञ्चालन गरेका साना व्यवसायहरूलाई प्रत्यक्ष असर परेको छ । टोकियोको नेरिमा क्षेत्रमा हङकङ शैलीको रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी ४७ वर्षीया चान का यीले नयाँ नियम पूरा गर्न नसकेपछि आफ्नो रेस्टुरेन्ट बन्द गर्ने निर्णय गरेको जापानको एक अनलाइन द असाही शिम्बुनले लेखेको छ ।

टोकियोस्थित प्रशासनिक कानुन विशेषज्ञ काजुहिको यामादाले तीन करोड येनको मापदण्ड ‘अत्यन्त कठोर’ भएको टिप्पणी गरेका छन् । उनका अनुसार जापानी नागरिककै लागि पनि यति ठूलो लगानी सजिलो छैन । उनले नयाँ नियम लागू भएपछि विदेशी उद्यमीबाट नयाँ भिसा आवेदनसम्बन्धी परामर्श लगभग बन्द भएको बताए ।

Logo