काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले ताइवानलाई गलत तरिकाले व्यवस्थापन गरियो भने चीन र अमेरिका ‘द्वन्द्वमा पर्न सक्ने बताएका छन् । चिन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनका राष्ट्रपति सी जिनपिङले भनेका छन्, ” यदि बेइजिङले दाबी गरेको स्वशासित ताइवानको मुद्दालाई गलत तरिकाले व्यवस्थापन गरियो भने उनीहरूका देशहरू द्वन्द्वमा पर्न सक्छन्,” चिनियाँ सरकारी मिडियाले जनाएको छ।
“ताइवान प्रश्न चीन-अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण मुद्दा हो,” चीनको सरकारी मिडिया सीसीटीभीका अनुसार ताइवान प्रश्नमा गलत भए दुई राष्ट्रहरू टकराउन सक्छन् वा द्वन्द्वमा पनि पर्न सक्छन् । जसले सम्पूर्ण चीन-अमेरिका सम्बन्धलाई अत्यन्तै खतरनाक अवस्थामा पुर्याउन सक्छ,”राष्ट्रपति सीले चेतावनी दिएका छन् । ,
“यदि ताइवान प्रश्नलाई राम्रोसँग ह्यान्डल गरियो भने, द्विपक्षीय सम्बन्ध सामान्यतया स्थिर रहन सक्छ,” सी भने ।
ताइवान एक स्वशासित टापु हो । जसलाई बेइजिङले आफ्नो क्षेत्रको रूपमा दाबी गर्छ र बल प्रयोग गरेर कब्जा गर्ने कुरालाई अस्वीकार गरेको छैन। हालैका वर्षहरूमा, बेइजिङले टापु वरिपरि सैन्य अभ्यासहरू – नाकाबन्दी सिमुलेशनहरू बढाएको छ ।
चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर अघि बढ्नु पर्ने प्रस्ताव गरेका छन् । ट्रम्प र सी जिनपिङबीच द्विपक्षीय वार्ता जारी छ ।
भ्रमणक्रममा यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच राम्रो सम्बन्ध रहेको र कुनै समस्या हुँदा मिलेर समाधान गर्ने गरेको बताएका थिए । उनले दुई देशबीच फोनमार्फत पनि समस्यामा समाधान भएको सुनाए । ट्रम्पले सिको प्रशंसा गर्दै एक महान नेता भएको बताएका थिए ।
ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध अब पहिलेभन्दा अझ राम्रो हुने बताए । यस्तै, चिनियाँ राष्ट्रपति सी जिनपिङले भने, ‘हामी प्रतिद्वन्द्वी होइन, साझेदार हुनुपर्छ । हामीले एकअर्काको सफलता र समृद्धिमा योगदान पुर्याउनुपर्छ र नयाँ युगमा प्रमुख देशहरू बीचको पारस्परिक सम्बन्धको लागि सही बाटो खोज्नुपर्छ।’





























प्रतिक्रिया