काठमाडौं । नेपालको व्यवस्थापन शिक्षामा उत्कृष्ट नतिजा पस्किरहेको शैक्षिक संस्था हो, ग्लोबल कलेज अफ म्यानेजमेन्ट ।
काठमाडौंको मध्यबानेश्वरमा विसं २०६२ देखि व्यवस्थापन संकायमा मात्र केन्द्रित रही विशिष्टीकृत शिक्षा प्रदान गर्दै आएको यस कलेजले स्थापनाकालदेखि नै ९८ प्रतिशतभन्दा माथिको लोभलाग्दो सफलता दर कायम राख्न सफल भएको छ। २१औँ शताब्दीको व्यावसायिक चुनौतीहरूलाई सामना गर्न सक्ने नैतिकवान् र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित यस संस्थाले विद्यार्थीहरूमा किताबी ज्ञानका साथै नेतृत्व क्षमता र उच्च आत्मविश्वास विकासमा विशेष जोड दिँदै आएको छ।
डिजिटल युगको आवश्यकतालाई मध्यनजर गर्दै कलेजले आधुनिक कम्प्युटर ल्याब र डिजिटल रिसोर्स पोइन्टको व्यवस्था गरेको छ ।
कलेजको मुख्य दृष्टिकोण व्यवसाय र व्यवस्थापन अध्ययनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको उत्कृष्टताको केन्द्र बन्नु हो। विद्यार्थीहरूलाई केवल स्नातक तहका लागि मात्र तयार नगरी चार्टर्ड एकाउन्टेन्सी, बिजनेस एडमिनिस्ट्रेशन र आईटी जस्ता चुनौतीपूर्ण व्यावसायिक क्षेत्रहरूमा प्रवेश गर्न योग्य बनाउनु यस कलेजको रणनीति रहेको छ।
ग्लोबल कलेज अफ म्यानेजमेन्टको मुख्य दृष्टिकोण व्यवसाय र व्यवस्थापन अध्ययनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको उत्कृष्टताको केन्द्र बन्नु हो।
हाई टेक एकेडेमिक कम्प्लेक्ससहितको पूर्वाधार रहेको ग्लोबलले विद्यार्थीहरूलाई स्वतन्त्र, सक्षम र जिम्मेवार नागरिक बनाउन मार्गदर्शन गर्दछ। यहाँको शिक्षण पद्धतिमा आलोचनात्मक सोच, मेन्टरसिप र बजारको माग अनुसारको लचिलो तथा नवीन शिक्षालाई प्राथमिकता दिने गरेको छ ।
नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)
डिजिटल युगको आवश्यकतालाई मध्यनजर गर्दै कलेजले आधुनिक कम्प्युटर ल्याब र डिजिटल रिसोर्स पोइन्टको व्यवस्था गरेको छ । साथै ज्ञान र अनुसन्धानलाई प्रोत्साहन गर्न कलेजमा सुविधायुक्त पुस्तकालय र शान्त रिडिङ लाउन्जको व्यवस्था गरिएको छ। विशेष गरी विद्यार्थीहरूमा नवीन सोच र उद्यमशीलताको विकास गर्न कलेजले एन्टरप्रेनर सेन्टर र रिसर्च सेन्टर सञ्चालनमा ल्याएको छ, जसले विद्यार्थीका व्यावसायिक आइडियाहरूलाई मूर्त रूप दिन र शैक्षिक अनुसन्धानमा सहयोग पु¥याउँछ। यसका साथै, कलेजमा भव्य अडिटोरियम हल, स्वस्थकर खानाका लागि क्यान्टिन, र सहज आउजाउका लागि यातायातको भरपर्दो सुविधा रहेको छ।































