पश्चिमी र स्थानीय वायू तथा तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव ४ प्रदेशमा बर्षा र हिमपात हुने

पश्चिमी र स्थानीय वायू तथा तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव ४ प्रदेशमा बर्षा र हिमपात हुने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू र नेपाल नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले विहान कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी भू-भागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू साथै कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन सहित मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखा जनाएको छ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखा जनाएको छ।

Logo