ब्राजिलका मुख्य प्रशिक्षकमा एन्सेलोटीको सम्झौता नवीकरण

ब्राजिलका मुख्य प्रशिक्षकमा एन्सेलोटीको सम्झौता नवीकरण

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले राष्ट्रिय टोलीसँगको सम्झौता सन् २०३० सम्मको लागि नवीकरण गरेका छन् ।

उनलाई ब्राजिलले गत वर्षको मे २५ मा उक्त जिम्मेवारीमा नियुक्त गरेको थियो । “यहाँ नियुक्त भएको पहिलो दिनदेखि नै यो देशमा फुटबलको महत्व कति छ भनेर नजिकबाट निहालेको छु । गत वर्षदेखि ब्राजिललाई सफलताको उचाइमा पुर्‍याउन म निरन्तर अभ्यासरत छु,” एन्सेलोटीले नवीकरण पछि भने ।

ब्राजिल फुटबल संघ (सीबीएफ)ले आफूबाट यो भन्दा धेरै अपेक्षा गरेको उनले बाताएका छन् । “संघले मेरो नेतृत्वमा थप सफलता, थप समय र थप मिहिनेतको अपेक्षा गरेको छ । मलाई थप चार वर्ष जिम्मेवारीमा राख्ने चहाना र संघको निर्णयलाई लिएर म निकै खुसी छु,” उनले भने ।

राष्ट्रिय टिममा आएदेखि उनको नेतृत्वमा रहेको टोलीले हालसम्म १० खेल खेलेको छ । जसमा टोलीले पाँच जित हासिल गर्दा दुई खेल बराबरी र तीन हार व्यहोरेको छ ।

विश्वकपको समूह ‘सी’मा परेको । यो समूहमा टोलीले हाइटी, मोरोक्को र स्कटल्यान्ड छन् । एन्सेलोटीले क्यानडा, मेक्सिको र अमेरिकामा हुने विश्वकपका निम्ति आगामी मे १८ मा अन्तिम टोली घोषणा गर्ने बताइएको छ ।

Logo