काठमाडौँ उपत्यकाको प्रमुख शैक्षिक केन्द्रमध्ये एक हो, ललितपुरको कुमारीपाटीमा अवस्थित ओमेगा इन्टरनेशनल सेकेन्डरी स्कुल । विसं २०६६ मा स्थापना भएदेखि नै गुणस्तरीय शिक्षालाई आफ्नो मूल मर्म मान्दै आएको यस स्कुलले हालै फेयर एक्सप्रेसबाट “बेस्ट प्लस टु कलेज अफ काठमाडौँ भ्याली २०२५” को प्रतिष्ठित उपाधि प्राप्त गर्न सफल भएको छ।
हाल २,३०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत यस स्कुलले वर्षौँदेखि बोर्ड परीक्षामा ९८ प्रतिशतभन्दा बढी सफलताको नतिजा कायम गर्दै आएको छ। ओमेगाले विगतमा एसएलसी टपर उत्पादन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा ख्याति कमाउन सफल विद्वानहरूलाई शिक्षित बनाइसकेको छ।
प्रगतिशील शिक्षाको भिजन र बलियो प्रशासनिक नेतृत्वका कारण ओमेगाले नेपालको शिक्षा क्षेत्रमा एक नयाँ मापदण्ड खडा गरेको छ।
विज्ञान र व्यवस्थापनको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ओमेगाले विद्यार्थीको चौतर्फी विकासका लागि विश्वस्तरीय भौतिक पूर्वाधार तयार गरेको छ। स्कुलमा आधुनिक ‘स्मार्ट’ कक्षाकोठाहरू, अत्याधुनिक विज्ञान प्रयोगशाला, र सूचनाको भण्डार मानिने सुविधासम्पन्न पुस्तकालयको व्यवस्था छ। खेलकुदमा रुचि राख्ने विद्यार्थीहरूका लागि बास्केटबल कोर्ट र फुटसल ग्राउण्ड जस्ता इन्डोर तथा आउटडोर सुविधाहरू उपलब्ध छन्। साथै, विद्यार्थीमैत्री क्याफेटेरिया र ठूला कार्यक्रम सञ्चालनका लागि फराकिलो सभाहल स्कुलको थप आकर्षण हुन्।
नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)
अनुभवी र समर्पित शिक्षकहरूको नेतृत्वमा स्कुलले नवीन शिक्षण पद्धति अपनाउँदै आएको छ। ओमेगाले केवल किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीहरूमा समालोचनात्मक सोच, सिर्जनशीलता र नेतृत्व क्षमता विकास गर्न विभिन्न अतिरिक्त क्रियाकलापहरूलाई उच्च प्राथमिकता दिने गरेको छ।
विज्ञान र व्यवस्थापनको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ओमेगाले विद्यार्थीको चौतर्फी विकासका लागि विश्वस्तरीय भौतिक पूर्वाधार तयार गरेको छ।
प्रगतिशील शिक्षाको भिजन र बलियो प्रशासनिक नेतृत्वका कारण ओमेगाले नेपालको शिक्षा क्षेत्रमा एक नयाँ मापदण्ड खडा गरेको छ। विद्यार्थी केन्द्रित दृष्टिकोण र उच्च नैतिक मूल्य मान्यताको जगमा उभिएको यस स्कुलले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्दै आफ्नो उत्कृष्टताको यात्रालाई निरन्तरता दिइरहेको छ।































प्रतिक्रिया