काठमाडौं । पोखराको प्रतिष्ठित शैक्षिक संस्था मदरल्याण्ड सेकेन्डरी स्कुलले यस वर्षको ‘आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड’ प्राप्त गरेको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा मदरल्याण्डलाई उक्त विशिष्ट विधाबाट सम्मानित गर्ने निर्णय भएकाे हो।
नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको विशिष्ट योगदान, उत्कृष्ट शिक्षण पद्धति र विद्यार्थीहरूले हासिल गर्दै आएको उच्च शैक्षिक नतिजाको कदर गर्दै मदरल्याण्ड सेकेन्डरी स्कुललाई यो विधामा छनोट गरिएको हाे ।
पोखराको अग्रणी शिक्षण संस्था, मदरल्यान्ड सेकेन्डरी स्कुल
गण्डकी प्रदेशमा मात्र नभई राष्ट्रियस्तरमै अब्बल ठहरिएको मदरल्यान्डले शिक्षण विधिलाई केवल सैद्धान्तिक घेरामा मात्र सीमित नराखी व्यवहारिक र जीवनोपयोगी बनाउन विशेष जोड दिएको छ। मदरल्यान्डले पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण सिकाइको अभिन्न अंग बनाएको छ। स्कुलले अत्याधुनिक प्रयोगशाला, समृद्ध पुस्तकालय र शान्त वातावरणमा प्रविधिमैत्री कक्षा कोठाहरू उपलब्ध गराएको छ। विद्यार्थीहरूलाई समालोचनात्मक सोचको विकास गराउन र वास्तविक संसारका चुनौतीहरूसँग जुध्न सक्ने बनाउन यहाँको पाठ्यक्रम र शिक्षण पद्धति केन्द्रित रहेको छ।
देशभरिका उत्कृष्ट शैक्षिक संस्थाहरूको मूल्याङ्कन गरी केन्द्रबिन्दुले हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ। विगतका संस्करणहरूमा पनि विभिन्न विधामा आफूलाई अब्बल साबित गर्दै पुरस्कार जितिसकेको मदरल्याण्डले यस पटक आफ्नो उत्कृष्ट कार्यसम्पादनका लागि यो विशेष सम्मान पाउन लागेको हो।































