गाजा पट्टीको ६० प्रतिशत भूभाग इजरायलको नियन्त्रणमा रहेको नेतन्याहुको दावी

गाजा पट्टीको ६० प्रतिशत भूभाग इजरायलको नियन्त्रणमा रहेको नेतन्याहुको दावी

केन्द्रबिन्दु
12
Shares

जेरुसलेम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सेनाले गाजा पट्टीको ६० प्रतिशत भूभाग नियन्त्रणमा लिएको बताएका छन् ।

कमजोर युद्धविरामलाई अगाडि बढाउने र युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने प्रयासहरू रोकिएको र गाजा दैनिक हिंसाको चपेटामा परेको समय उनको यस्तो टिप्पणी आएको हो ।

जेरुसेलम दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नेतान्याहूले भने, “बितेका दुई वर्षमा हामीले हाम्रा जनतामा, हाम्रो राज्यमा, हाम्रो सेनामा र हाम्रो विरासतमा कति शक्तिशाली शक्तिहरू समाहित छन् भन्ने सम्पूर्ण विश्वलाई पुष्टि गरेर देखाएका छौँ ।

“हामीले हाम्रा सबै बन्धकहरूलाई घर फिर्ता ल्यायौ,” उनले गाजामा युद्धको मुख्य घोषित उद्देश्यहरू मध्ये एकलाई सङ्केत गर्दै थपे ।

उनले भने, “हामीलाई गाजाबाट फर्किन दवाव दिने व्यक्तिहरू इजरायलमा नै थिए तर लहड र डरमा हामी फिर्ता भएनौँ । आज हामी गाजापट्टीको ६० प्रतिशत भूमिमा नियन्त्रण राख्न सफल बनेका छौँ । अब के गर्ने सोच्न सक्नेछौँ ।”

अक्टोबरदेखि लागू भएको इजरायल र हमासबीच अमेरिकी मध्यस्थतामा भएको युद्धविरामका सर्तअनुसार इजरायली सेना गाजामा तथाकथित ‘एलो लाइन’ मा फर्कनु पर्ने थियो, जसले इजरायलले प्यालेस्टाइन क्षेत्रको ५० प्रतिशतभन्दा बढी नियन्त्रण छोड्नु पथ्र्याे ।

नेतन्याहूको टिप्पणी हालैका हप्ताहरूमा इजरायली सेना नयाँ तथाकथित ‘ओरेन्ज लाइन’ मा जाँदैछ भन्ने मिडिया रिपोर्टपछि सेनाले आफ्नो पदचिह्न विस्तार गरिरहेको छ भन्ने पहिलो आधिकारिक सङ्केत हो ।

गाजामा युद्ध सुरु गर्न बाध्य पारेको सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि युद्धविरामको पहिलो चरणमा इजरायलले हिरासतमा लिएका प्यालेस्टिनीहरूको बदलामा हमासको नियन्त्रणमा रहेका सम्पूर्ण बन्धकहरूलाई फिर्ता गरिएको थियो । -एएफपी

Logo