काठमाडौं,१८,पुस
संखुवासभाको मकालु गाउँपालिकाका कार्यकारी अधिकृत नवीनगन्टन लामा एकपटक गाउँपालिका कार्यालयमा हाजिर गर्न गए । तर त्यसपछि उनी एकपटक पनि कार्यालय पुगेका छैनन् । लामालार्इ काममा फर्कन गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालले पटकपटक आग्रह गरे । तर उनले सदरमुकामबाट कुनै पनि हालतमा गाउँमा नआउने जवाफ फर्काए । अधिकृत नहुँदा गाउँपालिकाको दैनिक प्रशासनिक काम समेत रोकिएको छ । लामाले नटेरेपछि अध्यक्ष कटुवालले स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियालाई टेलिफोन गरेर कार्यकारी अधिकृतलाई गाउँमा पठाइदिन आग्रह गरे तर अझै सुनुवाइ भएको छैन ।
सचिव थपलियालाई कार्यकारी अधिकृत स्थानीय तह नपुगेको गुनासो सहितका फोन धेरै स्थानीय तहबाट आइरहन्छन् । कतिले स्थानीय तहमा कार्यकारी अधिकृत एकपटक पनि हाजिर गर्न नआएको गुनासो गर्छन् भने कतिपयले एकपटक आएर फर्किएपछि पुनः दोहो¥याएर नआएको गुनासो गर्छन् । सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा सरुवा गरेका १ सय १७ जना मध्ये ६९ जना उपसचिव अझै सम्बन्धित स्थानीय तहमा पुगेका छैनन् ।
सचिव थपलिया सामान्य प्रशासनले सरुवा गरेर पठाएकै दिन आफूले सबै कर्मचारीलाई विभिन्न स्थानीय तहमा काजमा खटाएको बताउँछन् । उनले आफूकहाँ पत्र आएकै दिन काजमा कर्मचारी खटाएको भए पनि उपसचिव देखि खरिदार सम्मका कर्मचारी अहिले सम्म स्थानीय तहमा हाजिर नभएको जानकारी आएको बताए । ५२ वटा गाउँपालिकामा शाखा अधिकृत नपुगे पछि त्यहाँको प्रशासनिक काम नायब सुब्बाले चलाइरहेका छन् । स्थानीय तहमा ३ हजार ५८ जना खरिदार र सुब्बाको दरबन्दी रिक्त छ ।
राजधानीबाट





























प्रतिक्रिया