काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग -२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध सानदार शतक प्रहार गरेका छन्।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट ब्याटिङ गर्दै भुर्तेलले १०४ बलमा शतक पूरा गरेका हुन् । उनले सो क्रममा १२ चौका र ३ छक्का प्रहार गरेका थिए ।
यो उनको एकदिवसीय करियरमा दोस्रो शतक हो। यसअघि विसं २०७९ मा आईसीसी लिग विश्वकप त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए । नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले ९९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।





























प्रतिक्रिया